Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

प्रदेशको नामाकरणका क्रममा मृत्यु भएका पदमको शनिबार अन्त्येष्टी गरिने

हाम्रो कोशी आवाज
बैशाख ६ २०८०, बुधबार
प्रदेशको नामाकरणका क्रममा मृत्यु भएका पदमको शनिबार अन्त्येष्टी गरिने

धरानः प्रदेशको नामाकरणको विरोध प्रदर्शनका क्रममा मृत्यु भएका पदम लिम्बू (लाजेहाङ) को अन्त्येष्टी शनिबार गरिने भएको छ । मृत्युको २९ दिनपछि उनको अन्त्येष्टि गर्न लागिएको हो ।
वैशाख ९ गते शव यात्रापछि अन्त्येष्टि गरिने संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी केन्द्रीय उपाध्यक्ष विष्णु तुम्बाहाङ्फेले जानकारी दिइन् । अन्त्येष्टि अघि शवलाई अन्तिम श्रदान्जलीका लागि सुनसरीको धरान, इटहरी र विराटनगरमा राखिनेछ ।
धरान बस्दै आएका लिम्बुको घर मोरङको बेलबारी–२ लालभित्तीमा पर्छ । प्रदेश नं. १ पुनः नामकरण संयुक्त सङ्घर्ष समितिले पदमको परिवारजनसँग समान्वय गरी सम्मानपूर्वक अन्त्येष्टि गर्ने निर्णय भएको जानकारी दिएको छ ।
चैत ५ विराटनगरमा भएको प्रदर्शनका क्रममा टाउकोमा चोट लागेका लाजेहाङलाई चैत ९ गते बेहोस अवस्थामा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भर्ना गरिएको थियो । चैत १० गते उनको मृत्यु भएको थियो ।
पहिचान पक्षधरको माग अनुसार सरकारले गत २४ चैतमा शहीद घोषणा गर्दै उनको परिवारलाई १० लाख राहत दिने निर्णय गरेको थियो । गत फागुन १७ गते प्रदेशसभाले प्रदेशको नाम कोशी राखेको थियो । पहिचान पक्षधर दल र जातीय संस्थाले प्रदेशको पुन नामाङ्कनको माग गर्दै प्रदर्शन गरिरहेका छन् ।

प्रकाशित मिति: बैशाख ६ २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend