Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

नुहाउने क्रममा कोशीमा तीनजना बेपत्ता, एक जनाको शव भेटियो, दुईजना अझै बेपत्ता

हाम्रो कोशी आवाज
बैशाख ६ २०८०, बुधबार
नुहाउने क्रममा कोशीमा तीनजना बेपत्ता, एक जनाको शव भेटियो, दुईजना अझै बेपत्ता

इनरुवा: सप्तकोशी नदीमा बुधबार नुहाउने क्रममा डुबेर बेपत्ता भएका तीनजनामध्ये एक जनाको शव फेला परेको छ । आफन्तको श्राद्धमा जाने क्रममा सुनसरीको बराहक्षेत्रस्थित कोशी नदीमा तीन युवक बेपत्ता भएका थिए ।
नदीमा बेपत्ता भएकामध्ये झापा दमक-२ का १७ वर्षीय नवीन न्यौपानेको शव घटनास्थल नजिकै कोशीको भङ्गालोमा फेला परेको सुनसरीका प्रहरी उपरीक्षक प्रभुप्रसाद ढकालले जानकारी दिए ।
बेपत्ता भएका दमक-९ का १९ वर्षीय रुद्र न्यौपाने र मोरङ उर्लाबारी-७ का १८ वर्षीय राज गुरागाईंको खोजी भइरहेको ढकालले जानकारी दिए । सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका गोताखोर टोलीसहित स्थानीयवासीले बेपत्ता दुवै जनाको खोजी गरिरहेको प्रहरी उपरीक्षक ढकालकाे भनाइ छ ।

प्रकाशित मिति: बैशाख ६ २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend