Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

असिनाले बालीनालीमा क्षति

हाम्रो कोशी आवाज
बैशाख ७ २०८०, बिहिबार
असिनाले बालीनालीमा क्षति

ताप्लेजुङ:  बुधबार साँझ वर्षासहित परेको असिनाले हिउँदे बालीनालीमा क्षति पु¥याएको छ । सदरमुकाम फुङलिङसहित जिल्लाका अधिकांश क्षेत्रमा साँझदेखि बेलुकासम्म हावाहुरी र मेघगर्जनसहित असिना परेको थियो ।
केही ठाउँमा फाट्टफुट्ट असिना परेको छ भने तिरिङ्गे, सिकैँचा, थुम्बेदिनलगायतका क्षेत्रमा बालीनालीमा क्षति पुग्ने गरी असिना परेको स्थानीय सागर इजमले जानकारी दिए । हावाहुरीसहित परेको असिनाका कारण मकै, गहुँ, जौ, सागपात र फलफूल खेतीमा क्षति पु¥याएको स्थानीयले बताएका छन् । यसअघि फागुनको मध्यतिर पनि यहाँ असिना परेको थियो ।

प्रकाशित मिति: बैशाख ७ २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend