Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

चैत्र महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित

हाम्रो कोशी आवाज
बैशाख ८ २०८०, शुक्रबार
चैत्र महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित

विराटनगरः इलाका प्रहरी कार्यालय किमाथाङ्का संखुवासभामा कार्यरत प्रहरी सहायक निरीक्षक जनकबहादुर धानुक र अस्थायी प्रहरी चौकी दिङबोचे, सोलुखुम्बुमा कार्यरत प्रहरी हवल्दार लुलिन्द्रकुमार तिमल्सिना चैत्र महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् ।
विभागीय मूल्य–मान्यता, आदेश–निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्यपथमा तल्लीन रही उच्च मनोबल र साहसका साथ आफ्नो कर्तब्य निर्वाह गरी अपराध अनुसन्धानको क्षेत्रमा विशेष योगदान पुरयाउने प्रहरी सहायक निरीक्षक धानुकले संखुवासभाको भोटखोला–१ किमाथाङ्कास्थित निषेधित क्षेत्रमा दुईजना चिनियाँ नागरिक प्रवेश गर्ने क्रममा नियन्त्रणमा लिएका थिए ।
प्रहरी हवल्दार तिमल्सिनाले हिमपातमा हराई बेपत्ता भएका जापानिज नागरिकको खोजतालासको क्रममा ५ हजार १ सय मिटर उचाईमा रहेको पासाङल्हामु–४ खुम्बिलापासस्थितमा मृत अवस्थामा फेला पारी उद्वार गरी जोखिमपूर्ण उत्कृष्ट तथा प्रशंसनीय कार्य गरेको हुँदा निजहरुले सम्पादन गरेको उत्कृष्ट कार्यको उच्च मूल्याङकन गर्दै २०७९ साल चैत्र महिनाको सर्वोत्कृष्ट प्रहरी घोषणा गरिएको छ ।

प्रकाशित मिति: बैशाख ८ २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend