Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

‘पीडित र असहायलाई प्रहरी सेवामा प्राथमिकता’

हाम्रो कोशी आवाज
बैशाख १२ २०८०, मंगलबार
‘पीडित र असहायलाई प्रहरी सेवामा प्राथमिकता’

विराटनगरः शोषित, पीडित, गरिब र असहाय नागरिकहरुलाई प्रहरी सेवामा प्राथामिकता दिन कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बाँस्तोलाले निर्देशन दिए । जिल्ला प्रहरी कार्यालय उदयपुरको निरीक्षण भ्रमणको क्रममा कार्यरत प्रहरी कर्मचारीहरुलाई निर्देशन दिँदै उनले सो कुरा बताएका हुन् ।
निर्देशनकै क्रममा उनले प्रहरी संगठनका साथै आफ्नो वृद्धि विकासको लागि सामूहिक भावना तथा भाइचारा र आपसी सहयोगको आवश्यकता जरुरी रहेको बताए । उनले दैनिक काम कारवाहीलाई चुस्तदुरुस्त बनाइ आ–आफ्नो जिम्मेवार एरिया इलाकाहरुमा अपराध नियन्त्रण गरी शान्ति–सुरक्षा कायम राख्न, विभिन्न आपराधिक गतिविधि, लागूऔषधको प्रयोग र ओसार पसार, चोरी तस्करीका घटनाहरुलाई नियन्त्रण गर्न कडाइका साथ प्रहरी परिचालन गर्न र सवारी दुर्घटना न्युनीकरण, सवारी नियम उल्लङ्घन गर्ने सवारी साधनलाई कारवाही तथा सवारी साधनको प्रयोग गरी हुन सक्ने आपराधिक गतिविधिलाई नियन्त्रण गर्न कडाइका साथ चेकजाँचको ब्यवस्था मिलाउन समेत निर्देशन दिए ।
निर्देशनकै क्रममा उनले प्रहरी ऐन तथा नियमावलीमा भएका व्यवस्थालाई अक्षरस पालना गर्न, तालुक कार्यालयबाट भएका आदेश निर्देशनलाई तल्लो दर्जाका कर्मचारी समेतलाई जानकारी गराइ अक्षरस पालना गर्न, फरार प्रतिवादी खोजतलास गरी पक्राउ गर्न, चेकिङको क्रममा सभ्य र शिष्ट भाषा प्रयोग गर्न, आम सेवाग्राहीहरुसँग समान व्यवहार गर्न तथा सामाजिक सञ्जालको सही सदुपयोग गरी प्रयोग गरी सदैव प्रहरी संगठन र कार्यालयको गरिमा बढाउने कार्य गर्न कार्यरत् सम्पूर्ण प्रहरी कर्मचारीहरुलाई निर्देशन दिए ।

प्रकाशित मिति: बैशाख १२ २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend