धरानः संसदमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको केन्द्रीय कमिटी बैठक झापामा बस्ने भएको छ।
नेकपा एमालेले झापामा केन्द्रीय कमिटी बैठक बोलाएको एमाले झापा अध्यक्ष दिपक कार्कीले जानकारी दिए। बैठक वैशाख २८ गतेदेखि ३० गतेसम्म बस्ने उनले बताए।
तर झापाको कुन स्थानमा भन्नेबारे टुंगो लागिनसकेको उनको भनाइ छ। झापा, इलाम, पाँचथर, तेह्रथुमलगायतका स्थानमा पार्टीले आयोजना गरेको विभिन्न कार्यक्रममा सहभागी हुन आज बुधबार एमाले अध्यक्ष केपी शर्मा ओली झापा आउने भएका छन्।