ओखलढुङ्गाः ओखलढुङ्गामा शनिबार दिउँसो चट्याङ लागेर गम्भीर घाइते भएकी महिलाको ज्यान गएको छ ।
चट्याङ लागेर खिजीदेम्बा गाउँपालिका-२ तोपडाँडाकी ५७ वर्षीय देवमाया बुढाथोकीको ज्यान गएको हो । घरभित्रै बसिरहेका बेला उनलाई चट्याङ लागेको थियो ।
बुढाथोकीलाई उपचारका लागि रामेछापको मन्थली लैजाने क्रममा बिहान ज्यान गएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए ।