Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

संखुवासभामा पहिरोले अरुण थुन्यो

हाम्रो कोशी आवाज
बैशाख १७ २०८०, आइतबार
संखुवासभामा पहिरोले अरुण थुन्यो

संखुवासभाः संखुवासभामा सुक्खा पहिरोका कारण अरुण नदी थुनिएको छ ।
अरुण तेस्रो जलविद्युत् आयोजनाको जलाशय क्षेत्र फाक्सिन्दा नजिकै ठूलो सुक्खा पहिरो खसेको प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले उज्यालोलाई जानकारी दिए । उनले अहिले डोजरसहित प्राविधिकको टोली नदी थुनिएकै ठाउँमा रहेको र सुरक्षित तरिकाले पहिरो पञ्छाएर नदीको बहाव सामान्य बनाउन प्रयास भइरहेको पनि बताए ।
अहिलेसम्म नदी थुनिँदा कुनै खतरा नरहेको पनि प्रमुख जिल्ला अधिकारी यादवको भनाइ छ ।

प्रकाशित मिति: बैशाख १७ २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend