Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

थुनिएको अरुण नदी खोलियो

हाम्रो कोशी आवाज
बैशाख १७ २०८०, आइतबार
थुनिएको अरुण नदी खोलियो

धरानः सुक्खा पहिरो झरेर थुनिएको अरुण नदी खुलेको छ ।
निर्माणाधीन ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत आयोजनास्थल संखुवासभाको फाक्सिन्दामा सुक्खा पहिरो खसेर नदी प्रवाह रोकिएको थियो ।
जिल्ला प्रहरी कार्यालय संखुवासभाका डीएसपी वीरेन्द्र गोदारले दिउँसो साढे २ बजेदेखि थुनिएको नदी आफ्नै बहावमा फर्किएको बताए । नदी थुनिँदा कुनै पनि क्षति नभएको र खुलेपछि पनि खतराको कुनै सम्भावना नरहेको उनले बताए ।
भारतीय कम्पनीले निर्माण गरिरहेको अरुण ३ जलविद्युत् आयोजनास्थलमा आइतबार बिहान पहिरो खसेको थियो । त्यसक्रममा जलविद्युत् निर्माणस्थलमा ड्यामसाइडको काम पनि रोकिएको थियो

प्रकाशित मिति: बैशाख १७ २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend