Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानका युवा खुकुरी, तरबार र लागूऔषधसहित युवा समातिए, ब्राउन सुगरसहित युवती पनि समातिए

हाम्रो कोशी आवाज
बैशाख २२ २०८०, शुक्रबार
धरानका युवा खुकुरी, तरबार र लागूऔषधसहित युवा समातिए, ब्राउन सुगरसहित युवती पनि समातिए

धरानः धरान-११ का स्थानीय २३ वर्षीय काला निरज भनिने युवराज लिम्बूलाई लागूऔषध ट्याब्लेटसहित प्रहरीले पक्राउ गरेको छ ।
लिम्बूको साथबाट प्रहरीले ३८० ट्याव्लेट ट्रामाडोल, स्पास्पेन १००० ट्याव्लेट, ३ थान खुकुरी र १ थान तरबारसहित पक्राउ गरेको हो भने धरान-१६ का २३ वर्षीय निशान राईलाई ट्रामाडोल ८९ ट्याव्लेट र स्पास्पेन ९० ट्याब्लेटसहित नियन्त्रणमा लिएको हो ।
यस्तै, झापाको चन्द्रगढी विमानस्थलबाट २ जनालाई प्रहरीले ७६ ग्राम ३४० मिलि ग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिएको थियो । बुद्ध एयरको बिमानद्वारा काठमाण्डौं जान लागेका झापा मेचीनगर घर भएकी वर्ष २१ की सोनी श्रेष्ठ राजवंशी र निजको दिदी वर्ष २३ की सन्ध्या श्रेष्ठलाई बडी सर्चको क्रममा सो परिणामको लागूऔषधसहित प्रहरीले नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका उनीहरुको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: बैशाख २२ २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend