धरानः संखुवासभामा भएको सिम्रिक एयरको हेलिकप्टर दुर्घटनामा एकजनाको मृत्यु भएको छ । भोटखोला गाउँपालिका–४ मा भएको दुर्घटनामा परी हेलिकोप्टरमा सहयोगीका रुपमा काम गर्ने भविन गुरुङ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका डीएसपी वीरेन्द्र गोदारले जानकारी दिए ।
अन्य दुर्घटनामा घाइते हुनेहरूमा क्याप्टेन सुरेन्द्र पौडेल, सहयोगी मनोज थापा, छिरिङ भोटे र विद्युत् प्राधिकरणका कर्मचारी विक्रम गुरुङ छन् ।
हटिया गोलाको छोङग्राङबाट माथिल्लो अरुण जलविद्युत् आयोजनाको सामग्री बोकेर उडेको हेलिकप्टर सिप्ररुङको हम्मरेडाँडामा रुखमा ठोक्किएको थियो । अप्पर अरुण हाइड्रो पावरको सामान लाने क्रममा दुर्घटनामा परेको हेलिकोप्टर भेटिएको थियो । दुर्घटनापछि हेलिकोप्टर क्षतविक्षत भएको छ ।