Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

घरका जग खन्दा माटोको ढिस्को खस्दा पुरिएर चारजनाको मृत्यु

हाम्रो कोशी आवाज
बैशाख २२ २०८०, शुक्रबार
घरका जग खन्दा माटोको ढिस्को खस्दा पुरिएर चारजनाको मृत्यु

विराटनगर- इलामकाे सुर्योदय नगरपालिका-१० स्थित फिक्कल बजार नजिकै माटोको डिल खस्दा पुरिएर चारजनाको मृत्यु भएको छ । शुक्रबार अपराह्न ४:४५ बजेतिर स्थानीय विनोद श्रेष्ठको घरको जग खन्दै गर्दा माथिबाट ढिस्काे खसेको हो । उनीहरु सबै भारतीय नागरिक रहेको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी पशुपतिनगरका प्रहरी निरीक्षक सन्ताेष राईका अनुसार मृत्यु हुनेमा भारतको बिहार राज्य अन्तरगतको किसनगञ्ज जिल्ला डिगलबैंकका अलिम महिम अली, ताेसिव आलम, माेहम्मद अब्दुल आलम र मैजफर आलम रहेका छन् ।
घटना स्थलमै मृत्यु भएका चारैजना १९ वर्षमुनिका किशोरहरू हुन् ।
प्रहरीका अनुसार जग खन्ने क्रममा अग्लो ढिस्को खसेपछि अन्य ३ भारतीय कामदार भाग्न सफल भएका थिए । ज्यान गुमाएका चार जनाको शव फिक्कल अस्पतालमा राखिएकाे जनाइएको छ ।
घटनाको थप अनुसन्धान पनि अघि बढेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति: बैशाख २२ २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend