Hamro Koshi Aawaj

सोमबार, असोज ५ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

पक्षधरता पत्रकारिताको विरुद्धमा छुः मेयर साम्पाङ

हाम्रो कोशी आवाज
बैशाख २५ २०८०, सोमबार
पक्षधरता पत्रकारिताको विरुद्धमा छुः मेयर साम्पाङ

धरानः धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफू सदैव प्रेस स्वतन्त्रताको पक्षमा रहेको जनाएका छन् ।
धरान उपमहानगरपालिकाद्वारा प्रेस विज्ञप्तिमा उनले आफू सदैव प्रेस स्वतन्त्रताको पक्षमा रहेको बताउँदै भनेका छन्, ‘आधारहीन, भ्रामक र पक्षधरणापूर्ण पत्रकारिताविरुद्ध रहेको छु ।’
केही हप्ताअघिदेखि पत्रकार र सञ्चार माध्यम लक्षित अमर्यादित, अशोभनीय र गालीगलौजपूर्ण भाषामा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरोधी गतिविधि गरेको भन्दै नेपाल पत्रकार महासंघ सुनसरीले ध्यानाकर्षण पत्र बुझाउनुका साथै तीनदिनभित्र लिखित जवाफ माग गर्नुका साथै कुनै समाचार वा मिडियामा आएको कुनै विषयमा चित्त नबुझे त्यसबारे आफ्ना प्रतिक्रिया वा विचार प्रक्रियागत रूपले राख्न पाउने अधिकार सुरक्षित रहेको पनि ध्यानाकर्षण गराएको थियो ।
मेयर साम्पाङले आफ्नो फेसबुक पेजमार्फत् ‘झोले पत्रकार’ भन्दै लेखेपछि पत्रकारहरुले विरोध जनाएका हुन् । मेयर साम्पाङले आफ्नो विरोधबारे नलेख्नुहोस् भनेर कोही पत्रकारलाई नभनेको तर राम्रो कामलाई कहिल्यै प्राथमिकता नदिएको बताउँदै आएका छन् ।

प्रकाशित मिति: बैशाख २५ २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend