Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

भ्रष्टाचारका कारण नै देशको अर्थतन्त्र अस्तव्यस्त भयो: विनोद चौधरी

हाम्रो कोशी आवाज
बैशाख २७ २०८०, बुधबार
भ्रष्टाचारका कारण नै देशको अर्थतन्त्र अस्तव्यस्त भयो: विनोद चौधरी

धरान: नेपाली काँग्रेसका सांसद विनोदकुमार चौधरीले मुलुकमा भ्रष्टाचार व्याप्त रहेको बताएका छन् । आज संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
उनले भ्रष्टाचारका कारण आम नागरिकहरू पीडित बनेको बताए । भ्रष्टाचारका कारण नै देशको अर्थतन्त्र अस्तव्यस्त भएको चौधरीको भनाइ थियो । उनले भ्रष्टाचारको आडमा नेपालको विकासलाई पछाडि धकेल्ने काम भइरहेको बताए । उनले भ्रष्टाचारका प्रक्रियालाई पारदर्शी बनाइनुपर्ने बताए ।
त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले नक्कली भुटानी शरणार्थी प्रकरणलाई टुङ्गोमा नपुर्याए र अपराधी भनिएकाहरूलाई पक्राउ गरी कारबाही नगरे विरोधमा उत्रिने बताए । उनले सरकारले देखाएको पहलकदमी सह्रानीय रहेको उल्लेख गर्दै राजनीतिक दाउपेचमा नेता बचाउने प्रयास भए सह्य नहुने बताए ।

प्रकाशित मिति: बैशाख २७ २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend