तेह्रथमुः तेह्रथुममा आगलागीमा परेर दुईजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा ५० वर्षीया दिलकुमारी भुजेल र उनकी १४ वर्षीय छोरा भुपेन्द्र भुजेलको मुत्यु भएको प्रहरीले जनाएको छ ।
छथर–३ पञ्चकन्यामा बिहीबार आगलागी हुँदा आगो निभाउने क्रममा देवेन्द्र नेवार, प्रकास तामाङ, युवराज श्रेष्ठ र ओम श्रेष्ठ घाइते भएका छन् । घाइतेमध्ये नेवारको हात र खुट्टा जलेको छ । उनको अवस्था गम्भीर छ । अन्य ३ जना आगो निभाउने क्रममा निसासिएर बेहोस भएका हुन् ।
गढी सल्लेरी सामुदायिक वनमा लागेको आगो वस्तीमा पसेको थियो । आगलागीमा परी पूर्व वडाध्यक्ष तुलसीजंग थापाको घर र ग्वाली जलेको छ । घर भन्दा केही तल रहेको बारीमा काम गर्दै गरेका आमाछोराको भाग्ने क्रममा जलेर मृत्यु भएको प्रहरीले जनाएको छ ।