Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

यौन दुर्व्यवहारको आरोपमा खोटाङका मदन राई पक्राउ

हाम्रो कोशी आवाज
बैशाख २९ २०८०, शुक्रबार
यौन दुर्व्यवहारको आरोपमा खोटाङका मदन राई पक्राउ

काठमाडौँ – आफूलाई कृषिविज्ञका रूपमा चिनाउँदै आएका खोटाङका मदन राई पक्राउ परेका छन्।
७५ वर्षीय मदनले खोलेको फाउन्डेसनमा राखिएका बालबालिकालाई यौन दुर्व्यवहार गरेको घटना बाहिरिएसँगै उनलाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय खोटाङले उनलाई ‘शुभद्रा-मदन फाउन्डेसन’ बाटै पक्राउ गरेको स्रोतले बतायो।
फाउन्डेशनमा बस्दै आएका छात्रालाई यौन दुर्व्यवहार गरेको सेतोपाटी डट कमले समाचार प्रकाशन गरेको थियो। सोही आधारमा प्रहरीले अनुसन्धान थाल्दा एक जना पीडित प्रहरीकाे सम्पर्कमा आएको रथप सोधपुछ भइरहेकाे स्रोतले जनाएको छ।
बैकल्पिक शिक्षाको नारासहित खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका- २ सोल्मामा राईले फाउन्डेशन सञ्चालन गरेका छन्। जसमा करिब डेढ सय विद्यार्थी बस्दै आएका छन्।

प्रकाशित मिति: बैशाख २९ २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend