Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

सुनसरीमा स्कुटी दुर्घटनामा युवतीको मृत्यु

हाम्रो कोशी आवाज
जेष्ठ १ २०८०, सोमबार
सुनसरीमा स्कुटी दुर्घटनामा युवतीको मृत्यु

सुनसरीः सुनसरीको इटहरीमा स्कुटी दुर्घटना हुँदा एक युवतीको मृत्यु भएको छ ।
आइतबार राति साढे ९ बजे इटहरी–१७ सिप्रदीनजिकै भएको दुर्घटनामा इटहरी–७ की २० वर्षीया एलिसा मगरको मृत्यु भएको प्रहरीले जनाएको छ ।
तीब्र गतिमा रहेको मे११प ३५३६ नम्बरको स्कुटी आफैं अनियन्त्रित भएर दुर्घटना भएको कोशी प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ । गम्भीर घाइते भएकी उनको उपचारको क्रममा राति साढे १० नै विराट टिचिङ अस्पताल विराटनगरमा मृत्यु भएको प्रहरीले जनाएको छ । पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको अवस्थामा लबिपुर खोलाको पुलमा रहेको रेलिङमा स्कुटर ठोक्किएको प्रहरीले जनाएको छ । तीब्र गतिका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: जेष्ठ १ २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend