विराटनगरः विराटनगरमा तीन तलाबाट खसेर एक युवाको मृत्यु भएको छ ।
विराटनगरस्थित सेन्ट्रल मलबाट खसेर एक युाको मृत्यु भएको प्रहरीले जनाएको छ । तीन तलामाथिबाट खसेका विराटनगर–५ कोचाखालका २३ वर्षीय मुकुन्द काफ्लेको मृत्यु भएको प्रहरीले जनाएको छ ।
उनी गत वैशाख ३१ गते साँझ मलको तीन तला माथिबाट झरेका थिए । माथिबाट झरेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि कोशी अस्पतालमा भर्ना गरिएको थियो । उपचारको क्रममा सोमबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी रञ्जनकुमार दाहालले बताए ।
तीन तला माथिबाट आफै झरेको सिसीटिभी फुटेजमा देखिएको उनले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।