Hamro Koshi Aawaj

सोमबार, असोज ५ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

२७औँ पटक सगरमाथा आरोहण गरेर आफ्नै रेकर्ड तोड्दै कामीरिताले बनाए विश्व कीर्तिमान

हाम्रो कोशी आवाज
जेष्ठ ३ २०८०, बुधबार
२७औँ पटक सगरमाथा आरोहण गरेर आफ्नै रेकर्ड तोड्दै कामीरिताले बनाए विश्व कीर्तिमान

धरान: कामीरिता शेर्पाले २७औँ पटक सगरमाथा आरोहण गरेर विश्‍व कीर्तिमान बनाएका छन्। २६ पटकको आफ्नै कीर्तिमान तोड्न उनी सफल भएका हुन्।
८८४९ मिटर उचाइको सर्वोच्च शिखरमा उनी बुधवार बिहान साढे ८ बजे पुगेको सेभेन समिट ट्रेक्सले जनाएको छ। आरोहणको कीर्तिमान बनाउनु संसारभर आरोहीका लागि गौरवको विषय हो।
५३ वर्षीय आरोही शेर्पाले सगरमाथाको पहिलो आरोहण १९९४ मा गरेका थिए। यसपछि उनले प्राय वर्षहरुमा सगरमाथासँगै विभिन्न हिमाल आरोहणमा कीर्तिमान कायम गर्दै आएका थिए।
सन् २०२२ मा उनले सगरमाथामा २६औँ पटक आरोहण गरेका थिए। सोलुखुम्बुको थामेमा जन्मेका कामीरिताले सगरमाथासँगै केटु, ल्होत्से, मनास्लु, चोयु लगायत हिमाल आरोहण गरिसकेका छन्।
कोभिड-१९ संक्रमण नियन्त्रणमा आएसँगै सगरमाथा आरोहणका लागि इजाजत लिने आरोहीको संख्या बढ्दै छ। अढाइ महिनायता ४ सय ७८ जनाले सगरमाथा आरोहण अनुमति लिइसकेका छन्।

प्रकाशित मिति: जेष्ठ ३ २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend