Hamro Koshi Aawaj

सोमबार, असोज ५ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

‘नेपालको अर्थतन्त्र दश जनाको हातमा छ, उनीहरूलाई विदेशीले चलाएका छन्’ पूर्व महान्यायाधिवक्ता डा.युवराज संग्रौला

हाम्रो कोशी आवाज
जेष्ठ ४ २०८०, बिहिबार
‘नेपालको अर्थतन्त्र दश जनाको हातमा छ, उनीहरूलाई विदेशीले चलाएका छन्’ पूर्व महान्यायाधिवक्ता डा.युवराज संग्रौला

हाम्रो नेपालमा एउटै व्यक्तिले बैंक, इन्स्योरेन्स, मेडिकल कलेज चलाउँछ अनि त्यही व्यक्ति राजनीति गर्छ । यस्तो सिस्टम नेपालमा हुर्काएर शाखा अधिकृत र सचिवलाई गाली गरेर भ्रष्टाचार सकिँदैन ।
आजको नेपाली समाज एउटा करप सिस्टम बनेको छ । यो भित्र दुई वटा कुरा हुन्छ । त्यो भनेको इकोनोमिक एलिट्सहरु र पोलिटिकल एलिट्सहरु जब मिल्छन् त्यो दुई चिज सबै बाहिर रहनु पर्ने, सधैँ अलग रहनुपर्ने । तर, जब यी दुई एक ठाउँमा आउँछन् त्यसले जन्माउने छोराछोरी भनेको भ्रष्टाचारी नै त हुने भए नि ।
हामीले हेर्ने कुरा के हो भने २०४८ साल भन्दा अगाडी पनि नेपालमा भ्रष्टाचार हुन्थ्यो । तर, त्यो भ्रष्टाचार सामान्य घुसको रूपमा रहेको थियो । त्यसपछि नवउदारवादले एउटा वित्त पुँजीवाद ल्यायो । वित्त पुँजीवादले के गर्छ भने पैसाले पैसा कमाउँछ ।
दिनभरि कर्मचारीहरू शेयर कति बेला बढ्छ भने कम्प्युटरमा बसेका हुन्छन् । दुई हजार हाल्यो पाँच हजार कमायो गर्छन् । कर्मचारीलाई तालिम दिएर दुई वटा संरचना बदलेर भ्रष्टाचार रोकिँदैन । यदि बदल्ने हो भने जहाँ पोलिटिक्स गर्नेहरू र इकोनोमिक एलिट्सहरु एकै ठाउँमा आएका छन् त्यसलाई ध्वस्त पार्न आवश्यक रहेको छ ।
जुन देशको सरकार नागरिकमा भ्याट लगाएर शासन चलाउन खोज्छ, जुन देशको सरकार मानिसमाथी कर लगाउँछ, सिन्धुपाल्चोकको हर्क बहादुर तामाङ तीन रोपनी कोदो फलाउँछ उसले १५ सय रुपैयाँ तिर्छ, विनोद चौधरी ५० लाखका गाडी चढ्छन् १५ हजार कर तिर्छन् । धनीलाई कर छुट दिएर गरिबलाई शासन गर्ने तरिका बदल्न आवश्यक छ । पैसाले पैसा बनाउने सिस्टमले भ्रष्टाचार रोक्न सकिँदैन ।
दुई चार जना नेता र कर्मचारीलाई पक्राउ गर्दैमा भ्रष्टाचार रोकिँदैन । यसको मतलब नेता गलत छैनन भन्न खोजेको होइन । उनीहरू पनि गलत छन्, उनीहरूसँगै सबैतिरबाट सुधार गर्न आवश्यक रहेको छ ।
नेपालको अर्थतन्त्र दश जनाको हातमा छ । उसैले प्लटिङ गर्छ, उसैले घर बनाउँछ, उसैले कर निर्धारण गर्छ, उसैले करको दर निर्धारण गर्छ, उसैले सिडिओ चलाएको छ, उसैले नेता चलाएको छ । यसलाई तोड्न सकिएन भने केही सुधार हुन सक्दैन । यी दश जनालाई विदेशीले चलाएका छन् ।
पूर्व महान्यायाधिवक्ता डा.युवराज संग्रौलाले बुधवार एक कार्यक्रममा राखेको भनाइको सम्पादित अंश

प्रकाशित मिति: जेष्ठ ४ २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend