Hamro Koshi Aawaj

सोमबार, असोज ५ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको विष्णु स्कुलमा मतदान

हाम्रो कोशी आवाज
जेष्ठ ८ २०८०, सोमबार
धरानको विष्णु स्कुलमा मतदान

धरानः धरान–९ स्थित विष्णु मेमोरियल सेकेण्डरी स्कुलमा मतदान सम्पन्न भएको छ ।
जुनियर युवा रेडक्रस सर्कलको नयाँ पदाधिकारी छनौटका लागि मतदान भएको हो । मतदानमा किताबको प्यानलै विजयी बनेको छ । जेम्स घिसिङको ११ जनाको प्यानलै विजयी बनेको प्रमुख निर्वाचन आयुक्त भवानीप्रसाद खतिवडाले जानकारी दिए । विद्यार्थीहरुले किताब, टाइ, मैनबत्ती, चश्मा चुनाव चिह्न लिएर चुनाव लडेका थिए ।
निर्वाचनको महत्व, चरण, मतदाता शिक्षा, प्रक्रिया साथै सामाजिक शिक्षाको पाठ पनि विद्यार्थीले सिक्न पाएको प्रिन्सिपल निलमकुमार श्रेष्ठले जानकारी दिए । ‘हामीले सैद्धान्तिक शिक्षासँगै व्यवहारिक ज्ञान पनि प्रदान गर्ने उद्देश्यले निर्वाचन गरिएको हो’, उनले भने, ‘विद्यार्थीले रियल निर्वाचन भएजस्तै महसुस गरेका छन्, यसले भविष्यमा निर्वाचनमा सहभागिता जनाउन पनि सहजता हुनेछ भन्ने विश्वास लिएका छौं ।’
निर्वाचनमा अवलोकनका लागि धरान–९ का वडाध्यक्ष रुपेश आचार्य, नेपाल रेडक्रस सोसाइटी सुनसरीका सभापति उमेश थापा, रेडक्रसका पूर्व सभापति मुकुल कायस्थलगायत पनि पुगेका थिए ।

प्रकाशित मिति: जेष्ठ ८ २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend