Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

सुनसरीमा दुर्घटना, धरानमा उपचारका क्रममा मृत्यु

हाम्रो कोशी आवाज
जेष्ठ ९ २०८०, मंगलबार
सुनसरीमा दुर्घटना, धरानमा उपचारका क्रममा मृत्यु

धरानः सुनसरीको इटहरीमा मिनी ट्रकको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।
कोशी प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार इटहरी–६ स्थित पूर्व–पश्चिम लोकमार्गमा बा२क ७८६४ नम्बरको खाली मिनी ट्रकले सोही दिशातर्फ जाँदै गरेको साइकललाई ठक्कर दिएको थियो ।
ठक्करबाट साइकलयात्री इटहरी १७ बस्ने ५२ वर्षीय केशव कार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ठक्करबाट घाइते भएका उनको उपचारको क्रममा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको हो ।
ट्रक र चालक मकवानपुर बतैया गाउँपालिका ७ बस्ने ४० वर्षीय ज्ञानबहादुर सिङ्तानलाई इटहरी प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । चालकको सडकमा ध्यान केन्द्रित नभएका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: जेष्ठ ९ २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend