-निवासा लिम्बू , कक्षा-१०, ए
सियोन स्कुल, धरान -१६
कुनै घडी पला दिनरात तिथि बार जनाउन गतिमय आपद अवस्थालाई समय भनिन्छ । महत्व भनेको आवश्यकता उपयोगिता हो । जीवन समयसगँ बगिरहेको हुन्छ , त्यसैले मानिसको जीवनमा समयको महत्व छ । समयकोे महत्व मानिसले बुझन आवश्यक छ ।
मान्छेलाई समयले साथ नदिएको कुरा कुनै समय बिताउन मुस्किल भएको कुरा समयले नपुगेको कुरा आदि विभिन्न गुनासोहरु पोखेको कुराहरु हामी सुन्ने गर्छौ । समय त अजर छ ,अमर छ ,गतिशिल छ यो खोला जस्तै अनन्त बगिरहन्छ बगिरहने छ । मानव जाति चेतनशील भएकाले पृथ्वीमा भएका अन्य प्राणी र जीवजन्तुलाई भन्दा मानव जातिलाई यसको महत्व छ । समयको विशेषता भने कै यो आउछ , जान्छ तर कहिले कसैलाई पर्खेर बस्दैन ।
त्यसैले हामीले समयको महत्व बुझनुपर्छ । संसारमा सबै मानिसले उत्तिकै समय पाएका हुन्छन्। समयलाई चिन्न सक्ने मानिस सफलताको शिखमा पुग्छन् । हामी गहिरो तरीकाले आफनो बारेमा चिन्तन गरौ त हामीले किन सफलता प्राप्त गर्न सकेनौ । हामीभन्दा किन ति मानिसहरुले झन प्रगति गर्न सकेनन् । र उनीहरुले कसरी यतिधेरै प्रगति गरे । यसको प्रमुख कारण हो जजसले समयलाई राम्ररी बुझे ति मानिसहरुले सफलता प्राप्त गरे ।
विधार्थी जीवनका लागि त झन् समयको एकदमै महत्व छ किनभने शिक्षा आजको युगमा अझ व्यापक बन्दै गइरहेको छ । विधार्थी भने कै नयाँ नयाँ कुराहरुको बारेमा खोजी गनै जानकार राख्ने हुनुपर्छ । त्यसका लागि पनि हामीले आफनो समयलाई राम्ररी व्यवस्थापन गर्न सक्नुपर्छ । हामीले समयलाई समयमा नै बुझन सक्यौ भने भविष्यमा पछुताउनु पर्दैन । हरेक व्यवसायमा लाग्ने व्यक्तिहरुको जीवनमा समयका अति महत्व हुने गर्दछ । समयलाई हामीले दुरुपयोग गरयौ भने भोलिको दिनमा पछुताउन नपर्ला भन्न सकिन्न ।