Hamro Koshi Aawaj

सोमबार, असोज ५ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

गजल

हाम्रो कोशी आवाज
जेष्ठ १० २०८०, बुधबार
गजल

-रेमन राई, ५ क
सियोन स्कुल, धरान १६
जसलाई दुख पिडाको कदर हुन्छ
उसलाई दुख पनि एक अवसर हुन्छ
महलमा बस्नेलाई सडक सडक लाग्ला
भिखारी को त सडक भरिपुर्ण घर हुन्छ ।
विद्धानले किनारबाट सुन निकाल्यो
मुर्ख भन्छ छि किनारमा मात्र वगर हुन्छ
त्यो दिन पर्खिदा जिन्दगी सकिया
प्रिय जस्तै याद पनि कहिले बेखबर हुन्छ ।
घायल बनाउन बम बारुद किन चाहियो
रेमन लाई काफी तिम्रो एक नजर हुन्छ ।
जसलाई दुख पिडाको कदर हुन्छ ।
उसलाई दुख पनि एक अवसर हुन्छ ।

प्रकाशित मिति: जेष्ठ १० २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend