Hamro Koshi Aawaj

सोमबार, असोज ५ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

मेयर हर्क साम्पाङप्रति वैरभाव छैनः एमाले नेता रिमाल

हाम्रो कोशी आवाज
जेष्ठ ११ २०८०, बिहिबार
मेयर हर्क साम्पाङप्रति वैरभाव छैनः एमाले नेता रिमाल

धरानः केही दिनयता सामाजिक सञ्जालमा नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले बोलेको एउटा भिडिओ क्लिप्स भाइरल भइरहेको छ ।
उक्त भिडिओमा उनले धरान उपमहानगरपालिकाका प्रमुख (मेयर) हर्क साम्पाङलाई ‘बौलाहा टाइपको मेयर’ भनेका छन् । यति मात्र होइन काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पनि ‘तँ’ सम्बोधन गरेका छन् ।
गएको शनिबार अखिल नेपाल महिला संघ (अनेमसंघ) को दोस्रो पूर्ण बैठकमा बोलेको आफ्नै बोलीले अहिले उनलाई नराम्ररी पोलिरहेको छ । सामाजिक सञ्जालमा उनले निकै आलोचना खेप्नुपरेको छ । अनेमसंघको बैठकमा उनले उक्त कुरा बोलेर पाएको तालीभन्दा अहिले उनीविरुद्ध बर्सिरहेका गालीको वजन निकै माथि छ ।
सामाजिक सञ्जालमा निरन्तर आलोचित भएपछि उनले स्पष्टीकरण दिएका छन् ।
यस्तो छ सामाजिक सञ्जालमा उक्त कार्यक्रम र भाइरल भिडिओबारे उनले दिएको स्पष्टीकरणः
आन्तरिक कार्यक्रम र बाहिरी चर्चा !
अखिल नेपाल महिला संघको केन्द्रीय कमिटीको बैठकमा मैले सामाजिक सञ्जालबारे बोलेको भिडियो बाहिर आयो। केन्द्रीय कमिटीको त्यो बैठक सार्वजनिक थिएन। छलफलको प्रयोजन गोप्य थियो, विषय रणनीतिक थियो। आन्तरिक भएकोले यस्ता बैठकहरुमा प्रायः अनौपचारिक भाषा बोलिन्छ। अनौपचारिक भाषा बोल्दा शब्द तौलिएर बोलिंदैन । त्यहाँ पनि त्यस्तै भएको थियो, सबै चिनेजानेकाहरु बीच मैले बोल्दा कुनै साबधानी अपनाइनँ । आफ्नालाई सकेसम्म उत्साहित पार्ने र पार्टीले राखेको लक्ष्यतिर प्रतिवद्ध बनाउने प्रयास गरें। यो डिजिटल युगमा गोप्य, गोप्य रहँदो रहेनछ– कुनै न कुनै तरीकाले ओपन हुँदो रहेछ। हो, यहाँ चाँहि मेरो असावधानी हुनपुग्यो ।
हामी छर–छिमेकमा, दाजुभाइका बीचमा कुरा गर्दा दाइ सा’प, काका सा‘प भन्दैनौं। लोकल स्ल्याङ्गमा– कालेदाइ, सेतेदाइजस्ता शब्दहरु पनि प्रयोग हुन्छन्। त्यस्तै, त्यो बन्द–बैठकमा कुरा राख्दा अनौपचारिक तबरबाट प्रयोग भएको शब्दरवाक्यरवाक्याँश सार्वजनिक हुँदा सायद अशोभनीय सुनियो। अमर्यादित जस्तो लाग्न पुग्यो।
‘भाइरल–भिडियो’को मेरो अभिव्यक्तिलाई यसरी बुझिदिनुहोला ।
हर्क साम्पाङ र बालेन साह जस्ता साथीहरु स्थानीय सरकारको नेतृत्वमा आउनु भएको छ। केही गर्छु भन्ने युवाहरु, चाहे मेरा पार्टीका हुन् वा स्वतन्त्र, उहाँहरुप्रति वैरभाव राख्नुपर्ने कारण नै छैन। नजिकबाट मलाई चिन्ने जो कोहीलाई थाह छ– फ्रण्टलाईन, प्रचार, वाहवाही भन्दा पर हदैसम्म काममा जोतिन चाहने मान्छे हुँ। त्यसैले म अहिले पनि भन्छु, यो देश बनाउन काममा निर्लिप्त भएर लाग्नै पर्छ, एकप्रकारले भन्ने हो भने हामी “बहुलाउनै” पर्छ।
हर्कजी दिनरात जनतालाई श्रममा लगाइ पानी खुवाउने भनेर लाग्नु भएको छ। सामाजिक सञ्जालबाट श्रमदान गर्न आउन भन्नु भएको रहेछ। म श्रमिक आन्दोलनबाट नै राजनीतिमा आएको मानिस हुँ। मेरो जीवनको उर्जाशील ३० वर्ष श्रमिकहरुको हकहित र सुरक्षाका काममा वितेको छ। म पूर्व आउँदा धरानमा पनि आउन सक्छु, मौका मिले त्यहाँ पनि श्रम गरौंला। मौका नमिले पनि म श्रमबाट टाढा छैन।

प्रकाशित मिति: जेष्ठ ११ २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्

  • धरानमा ‘खसी कप’

    धरानः ४० प्लस भेट्रान धरानको आयोजनामा धरान–१४ स्थित पिण्डेश्वर खेल मैदानमा जारी ‘खसी कप भेट्रान फुटबल प्रतियोगिता–२०८३’ आयोजना भएको छ । शनिबार आयोजित फाइनल खेल...

    • १ दिन अगाडी
    • ४ मिनेट पाठ
  • नेपालमा भीषण वर्षाको सम्भावना

    धरानः असोज ८ देखि ११ गतेसम्म भीषण वर्षाको सम्भावना रहेको मौसमविद्ले जनाएका छन् । बंगालको खाडीमा विकसित ‘अर्नब’ नामक चक्रवात र यही समय बिकसित अन्य...

    • १ दिन अगाडी
    • १ मिनेट पाठ
  • धरान आउँदै गरेको सुमो जीप दुर्घटनामा, एकजनाको मृत्यु (मृतक र घाइतेको नामावलीसहित)

    धरानः धरान आउँदै गरेको सुमो जीप दुर्घटनामा एकजनाको मृत्यु भएको छ । धनकुटाको ताङखुवाबाट धरान आउँदै गरेको को१ज २४९४ नम्बरको जीप धनकुटाको छथर जोरपाटी गाउँपालिका–३...

    • १ दिन अगाडी
    • २ मिनेट पाठ
  • धरानको एम्स एकेडेमीमा विद्यार्थीको स्वागत

    धरानः धरानको एम्स एकेडेमीद्वारा (+२), धरान–१२ ले कक्षा ११ मा अध्ययन गर्न आएका नवआगन्तुक विद्यार्थीलाई स्वागत गरेको छ । शनिबार धरान–१५ स्थित सदन सभा हलमा...

    • १ दिन अगाडी
    • २ मिनेट पाठ
  • पाँचदिन पूर्वदेखि पश्चिमसम्म भारी वर्षा हुन लागेको हो ?

    धरानः यही असोज ८ गते अर्थात् आउँदो बिहीबारदेखि पाँच दिन नेपालमा ठूलो वर्षा हुने भन्दै सामाजिक सञ्जालमा व्यापक चर्चा भइरहेको छ । जल तथा मौसमविद्...

    • २ दिन अगाडी
    • ३ मिनेट पाठ
  • दौडिए दुई हजार बढी

    धरानः जीवन विज्ञान यूथको आयोजनामा ‘आरोग्यका लागि दौड, समाजका लागि योगदान’ भन्ने मूल भावका साथ आयोजित ५ किलोमिटर र १० किलोमिटर दौड कार्यक्रम दुई...

    • २ दिन अगाडी
    • २ मिनेट पाठ

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend