धरानः धरान-१५ स्थित होलिल्याण्ड इन्टरनेशनल स्कुलमा मतदान सम्पन्न भएको छ ।
मतदानबाट कक्षा–१० का छात्रततर्फ अभिषेक लिम्बू निर्वाचित भए भने छात्रातर्फ कक्षा–१० कै कुसुम राई निर्वाचित भइन् ।
विद्यार्थीहरुलाई आधुनिक तथा प्रविधिमैत्री शिक्षा दिने उद्देश्यले पाठ्यक्रमसँगै आधारित भएर सिकाइलाई प्रभावकारी बनाउन र बालबालिकालाई यस्ता क्रियाकलापमा अभ्यस्त गराउन मतदान आयोजना गरिएको एकेडेमिक प्रिन्सिपल कृष्ण नेपालले जानकारी दिए ।
कार्यक्रममा हाउतर्फ कप्तान र उपकप्तान छनौट गरिएको थियो । मतदानमा कक्षा–१० देखि कक्षा–१० सम्मका विद्यार्थीले सहभागिता जनाएका थिए ।
यसैबीच विद्यालयमा जुनियर सार्क सम्मेलन २०२३ पनि आयोजना गरिएको छ । विद्यार्थीहरुले सांस्कृतिक भेषभुषासहितको पहिरनमा ८ वटै सदस्य राष्ट्रहरुको झन्डा बोकी झाँकीसहितको रयालीमा सहभागी भएका थिए । विद्यालयका डाइरेक्टर अर्जुन लिम्बू, फाउन्डर प्रिन्सिपल राजकुमार लिम्बू र एकेडेमिक प्रिन्सिपल कृष्ण नेपालले सामूहिकरुपमा ८ वटै राष्ट्रको झन्डाबाहक बेलुन उडाएर सार्क क्षेत्रको शान्ति र प्रगतिको कामना गर्दै उद्घाटन गरेका थिए ।





