Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

तरकारीको मूल्यवृद्धि

हाम्रो कोशी आवाज
जेष्ठ २१ २०८०, आइतबार
तरकारीको मूल्यवृद्धि

धरानः सरकारले स्वदेशी वस्तु प्रवर्द्धन गर्न भन्दै केही दैनिक उपभोग्य वस्तुमा मूल्य अभिवृद्धि कर (भ्याट) लागू गरेको छ।
दैनिक उपभोग्य वस्तुमा भ्याट लगाएसँगै प्याज र आलु लगायतका तरकारीको मूल्य वृद्धि भएको छ। यी वस्तुमा कम्तीमा १३ प्रतिशतले बढ्ने अनुमान गरिएको थियो। सोहीअनुसार बजेट भाषणको एक दिन अघि र पछिसम्म थोक बजारमा प्रतिकिलो औसत ३५ रुपैयाँमा बिक्री भइरहेको प्याज महँगिएर ५१ रुपैयाँ किलो पुगेको छ।
खुद्रा बजारमा भने बजेट भाषणसम्मको दिनसम्म ४५ देखि ५० रुपैयाँ प्रतिकिलोसम्म बिक्री भएको प्याज अहिले उपभोक्ताले प्रतिकिलो ६० रुपैयाँ किलो तिरेर खरिद गरिरहेका छन्।
यो मूल्यवृद्धि जायज नभएको उपभोक्ताको गुनासो छ। व्यापारीहरूले गोदाममा मौज्दात प्याजलाई सरकारको घोषणाको मौकामा मनपरी मूल्य बढाएको उनीहरुको शंका छ।
‘एक दिन अगाडि ४५ रुपैयाँ प्रतिकिलो तिरेर लागेको प्याज, दुई दिनपछि एक किलोमा नै १५ रुपैयाँ बढेर ६० रुपैयाँ तिर्न पर्‍यो,’ एक गृहिणीले भनिन्, ‘यस्तो महँगी बढेको बेला सरकारले खाने वस्तुमा भ्याट लगाउनु ठीक होइन।’
कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका प्रवक्ता विनय श्रेष्ठले भ्याटका कारण मूल्य बढेको बताउँछन्। उनका अनुसार ९० प्रतिशत भन्दा बढी प्याज आयातित हुने भएकाले भ्याटको असर उपभोक्तालाई पर्नेछ। ‘बजेट भाषणको अन्योल बीच भारतबाट आउने समान दुई दिन जति आएको थिएन,’ उनले भने, ‘दैनिक करिब १५० टन हाराहारी प्याज कालिमाटी थोक बजार भित्रिन्छ। दुई-तीन दिन सामान नआउँदा भएकै स्टक चलाउने हो।’
प्याज लामो समय भन्डारण गरेर नराखिने भएकाले मौज्दातमै मूल्य बढाइएको भन्न नसकिने उनले बताए। ‘भ्याट लाग्ने भएपछि त व्यापारीहरूले जोड्छन्। भाउ बढ्दै छ भनेर लुकाएर राख्‍ने सम्भावना हुँदैन। केही स्टक त हुनसक्छ तर त्यो हेर्ने हाल कुनै मेकानिजम छैन।’

प्रकाशित मिति: जेष्ठ २१ २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्

  • विदेशबाट फर्केर बराहक्षेत्रमा च्याउखेती, वार्षिक लाखौं आम्दानी

    धरानः वैदेशिक रोजगारीबाट फर्किएर व्यावसायिक च्याउ खेती सुरु गरेका बराहक्षेत्र नगरपालिका–११ मधुवनका रोशनप्रसाद गुप्ताले राम्रो आम्दानी गर्दै आएका छन्। सात वर्ष वैदेशिक रोजगारीमा बिताएर स्वदेश...

    • २० घण्टा अगाडी
    • ३ मिनेट पाठ
  • १३२ केभी सबस्टेसन सञ्चालन

    धरानः मोरङका उत्तर तथा दक्षिण पूर्वी क्षेत्रको विद्युत आपूर्तिलाई थप भरपर्दो, गुणस्तरीय र सुरक्षित बनाउन कानेपोखरी गाउँपालिका–२ मा निर्माण गरिएको १३२ केभी क्षमताको केरौन...

    • १ दिन अगाडी
    • ३ मिनेट पाठ
  • मह, मौरी र मौरीघार बिक्रीबाट लाखौं आम्दानी

    –ईश्वर थापा धनकुटा: कुनै समय खेतीपातीका लागि उपयोग हुन नसकेर त्यत्तिकै छाडिएका जङ्गलका बीचका चट्टानी भूभाग अहिले धनकुटाका केही किसानका लागि आम्दानीको नयाँ आधार बनेका...

    • २ दिन अगाडी
    • ५ मिनेट पाठ
  • धरान र इटहरीका व्यवसायी फूल किन्न खेतमै पुग्छन्

    सुनसरी : तिहारलाई लक्षित गर्दै बराहक्षेत्र नगरपालिका–६ का किसान अर्जुन विष्टले पाँच कट्ठा जग्गामा सयपत्री फूलको व्यावसायिक खेती गरेका छन् । विगत पाँच वर्षदेखि...

    • ४ दिन अगाडी
    • ३ मिनेट पाठ
  • कोशी ब्यारेजको विकल्पमा ४३ अर्बमा लामो पुल बन्दै

    धरानः कोशी ब्यारेजको विकल्पमा सुनसरीको राजाबासदेखि सप्तरीको कञ्चनपुरसम्म तीन किलोमिटर लामो नयाँ पुल निर्माण गर्ने तयारी तीव्र पारिएको छ । एसियाली विकास बैंक (एडीबी) को...

    • ५ दिन अगाडी
    • ३ मिनेट पाठ
  • कोशी नदीमा सबै मोटरबोट तत्काल सञ्चालन रोक

    धरानः सप्तकोशी नदीमा आवश्यक कानुनी व्यवस्था, दर्ता प्रक्रिया र चालकको अनुमतिपत्रबिनै मोटरबोट सञ्चालन हुँदै आएको पाइएको छ। मोटरबोट सञ्चालनको नियमन, प्राविधिक अवस्था तथा सुरक्षासम्बन्धी विषयमा...

    • ५ दिन अगाडी
    • ४ मिनेट पाठ

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend