Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा प्रतिबन्धित औषधिसहित तीन पक्राउ

हाम्रो कोशी आवाज
जेष्ठ २४ २०८०, बुधबार
धरानमा प्रतिबन्धित औषधिसहित तीन पक्राउ

धरान : धरान उपमहानगरपालिका ३ बाट प्रतिबन्धित औषधीसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय धरानबाट सादा पोसाकमा खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा धरान ३ का २३ वर्षीय जीतेन्द्र दास, धरान १५ का ३५ वर्षीय दीपेन राई र २७ वर्षीय अनम राईको साथबाट लागूऔषधसहित पक्राउ गरिएको हो ।
ट्रामाडोल २ सय ७६ ट्याव्लेट, स्पास्पेन २ सय ८१ ट्यावलेट र नगद ८ हजार ७ सय ४० रुपैयाँ बरामद गरेको हो ।
प्रतिबन्धित औषधीसहित पक्राउ परेका उनीहरूको इलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: जेष्ठ २४ २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend