Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

दुर्घटनामा दुईजनाको मृत्यु, एकजनाको मृत्यु भएपछि बसमा आगजनी

हाम्रो कोशी आवाज
जेष्ठ २६ २०८०, शुक्रबार
दुर्घटनामा दुईजनाको मृत्यु, एकजनाको मृत्यु भएपछि बसमा आगजनी

धरानः मोरङको उर्लाबारी–३ मा बसको ठक्करले एकजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा झापा कमल गाउँपालिका २ बस्ने ३४ वर्षीय पवन सुवेदी रहेको प्रहरीले जनाएको छ । स्कुटी चालक उनको मृत्यु भएपछि स्थानीयबासीले बसमा आगजनी गरेका छन् ।
पूर्व–पश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको बसले विपरीत दिशाबाट गइरहेको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएपछि आक्रोशित स्थानीयले बसमा आगो लगाएका हुन् ।
मंगलबारे सडक खण्डनजिकै मे १ ख ३०७३ नम्बरको बसले प्र १–०१–०१३ प २९० नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो । बस चालक कन्काई नगरपालिका ३ निवासी बस चालक ३२ वर्षीय टंकप्रसाद सुवेदीलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।
यस्तै, मोरङमै साइकलयात्रीलाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ । बुढीगंगा गाउँपालिका ४ बुढीखोला पुलस्थित कोशी लोकमार्गमा दक्षिणबाट उत्तर तर्फ जाँदै गरेको ना४ख ९६०० नम्बरको ट्रकले सोही दिशातर्फ अगाडिबाट जाँदै गरेको साइकलयात्री मोरङको बुढीगंगा–४ का ६० वर्षीय वीरबहादुर रायलाई ठक्कर दिँदा घाइते भएका थिए ।
विराट नर्सिह होम विराटनगरमा उपचारका लागि लगिएको र चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: जेष्ठ २६ २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend