Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

कर्मचारी भुर्तेलको शव आठ दिनपछि उदयपुरमा भेटियो

हाम्रो कोशी आवाज
जेष्ठ २७ २०८०, शनिबार
कर्मचारी भुर्तेलको शव आठ दिनपछि उदयपुरमा भेटियो

उदयपुर: सुनकोशी नदीमा गत शुक्रबार जीप दुर्घटना हुँदा बेपत्ता सीटीईभीटीका योजना महाशाखा निर्देशक यमप्रसाद भुर्तेलको शव आठ दिनपछि उदयपुरमा भेटिएको छ । उदयपुरको ताप्ले गाउँपालिकालठ–५ निवुवाटारको सुनकोशी नदी किनारमा भुर्तेलको शव भेटिएको हो ।
आज (शनिबार) भुर्तेलको शव उदयपुर कटारी अस्पतालमा पोस्टमार्टमपछि सनाखत गरी परिवारलाई बुझाइएको छ । सँगै यात्रामा रहेका सीटीईभीटीका प्रशासन शाखा निर्देशक कृष्ण केसी र विद्युत प्रशिक्षक भानु पौडेलको शव यसअघि नै सशस्त्र प्रहरीको गोताखोर टोलीले घटनास्थलबाट १५० मिटर तल जीपसँगै फेला पारेको थियो ।
भक्तपुरबाट खोटाङतर्फ जाँदै गरेको सीटीईभीटीको बा १ झ ७४६७ नम्बरको जीप मध्यपहाडी लोकमार्गको खुर्कोट–घुर्मी खण्ड अन्तर्गत गोलञ्जोर गाउँपालिका–७ को लौकुनमा दुर्घटना हुँदा सीटीईभीटीका तीन अधिकारीहरूको मृत्यु भएको हो । जीपका चालक भने दुर्घटनाकै क्रममा नदीमा पौडिएर बाहिर निस्किन सफल भएका थिए ।
दुर्घटनापछि जीप र यात्रु बेपत्ता हुँदा सशस्त्र प्रहरी, सेनाको गोताखोर र जनपथ प्रहरीको विपद व्यवस्थान टोलीले सुनकोशी नदीमा पाँच दिनपछि जीप र दुई यात्रुको शव निकालेको थियो । त्यसमा सवार एक जनाको शव भने शनिबार भेटिएको हो ।
खोजीको क्रममा सुरक्षाकर्मी टोलीले सुनकोशी नदीको बहाव नै परिवर्तन गरेको थियो । बेपत्ताहरूको खोजीको क्रममा करिब २० लाख रुपैयाँ खर्च भएको बताइएको छ । यसका लागि चारवटा स्काभेटर, तीन वटा जेसीबी, डोजर, पाँच वटा टिपर र ट्याक्टरको प्रयोग गरिएको थियो ।

प्रकाशित मिति: जेष्ठ २७ २०८०, शनिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend