Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

आलु, प्याज, लसुनमा भ्याट लगाइएपछि उपभोक्ता मारमा

हाम्रो कोशी आवाज
जेष्ठ २८ २०८०, आइतबार
आलु, प्याज, लसुनमा भ्याट लगाइएपछि उपभोक्ता मारमा

धरानः सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटमार्फत तरकारी फलफूल तथा केही दैनिक उपभोग्य गरी १ सय ६७ वस्तुहरुमा १३ प्रतिशत मूल्य अभिवृद्धि कर भ्याट लगाउने घोषणा गरे सँगै व्यवसायी तथा आम उपभोक्ता भने आक्रोसित बनेका छन् ।
नेपालीको दैनिक भान्सामा प्रयोग हुने आलु, प्याज, लसुन लगायत स्याउमा भ्याट लगाउने निर्णयले आम उपभोक्ता मारमा परेका त छन् नै यसले आमनागरिकको चुल्हो चौको असुरक्षित बन्दै गएको छ ।
सरकारले हालै सार्वजनिक गरेको बजेटमार्फत किसानले उत्पादन गरेका वस्तुलाई प्रोत्साहन गर्ने उद्देश्यले कृषिजन्य वस्तुको आयातमा १३ प्रतिशत भ्याट लाग्ने बताएको हो । तरकारीतर्फ सरकारले हरियोबाहेकमा भ्याट लगाएको छ भने फलफूलतर्फ स्याउ, एभोकाडो, किबी, स्ट्रबेरी, ब्ल्याकबेरी, चेरी र हलुवाबेदमा भ्याट लगाएको छ ।
तर, यता सरकारको यो निर्णयको विरोध भइरहेको छ । किसानलाई मल विउ, पानी समयमै प्राप्त नहुनु र आलु प्याज तथा लसुन वर्षको ४ महिना मात्र आत्मनिर्भर रहेको अवस्थामा मूल्य अभिवृद्धि कर बढाउनु जायज नभएको व्यवसायीको विश्लेषण छ ।
हचुवाको भरमा भ्याट लगाउने निर्णयले आम उपभोक्ता मारमा परेका त छन् नै सँगै भ्याटको कुराले महंगी बढेसँगै आलु भण्डारण गर्ने चिस्यान केन्द्र नहुँदा कुहिएर जान थालेको भन्दै व्यवसायी दुखी बनेका छन् ।
हाल भारतबाट ९९ प्रतिशत आलु र ६० देखि ७० प्रतिशत बंगलादेश र भुुटानबाट समेत आलु तथा प्याज लसुन आउने गरेको छ । सरकारले भ्याट बढाएसँगै हाल बजारमा लसुन र प्याज समेत नआएको व्यवसायी बताउँछन् । उनीहरुले नेपालमै पहिला उत्पादन बढाउन, नेपाली बजारसँग प्रतिस्पर्धात्मक वातावरण बनाउन आग्रह गरेका छन् ।
नेपाली उत्पादनको मूल्य,व्यवस्थापन र व्यापारीक केन्द्र नहुँदा एक किसानले कति दुख पाउछन् भन्ने उदाहरण ४ दिनदेखि सल्यानबाट दाङ अनि पोखरा हुदै काठमाडौं आइपुगेका यी किसानको मर्का थामिनसक्नुको छ । समग्र उत्पादन गर्ने किसान र उपभोक्तालाई मार पर्ने, दैनिक जीविकामा असर परेको अर्का किसानको दुखेसो छ ।
हाल सयकडा १४ प्रतिशतले भ्याट तिर्दै आएका व्यापारीले अब १३ प्रतिशत थप भ्याट तिनुपर्दा बजारमा दैनिक आलुको भाउ आकासिएको छ भने प्याज र लसुन बजारमा पाइन छोडेको छ ।

प्रकाशित मिति: जेष्ठ २८ २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्

  • विदेशबाट फर्केर बराहक्षेत्रमा च्याउखेती, वार्षिक लाखौं आम्दानी

    धरानः वैदेशिक रोजगारीबाट फर्किएर व्यावसायिक च्याउ खेती सुरु गरेका बराहक्षेत्र नगरपालिका–११ मधुवनका रोशनप्रसाद गुप्ताले राम्रो आम्दानी गर्दै आएका छन्। सात वर्ष वैदेशिक रोजगारीमा बिताएर स्वदेश...

    • २० घण्टा अगाडी
    • ३ मिनेट पाठ
  • १३२ केभी सबस्टेसन सञ्चालन

    धरानः मोरङका उत्तर तथा दक्षिण पूर्वी क्षेत्रको विद्युत आपूर्तिलाई थप भरपर्दो, गुणस्तरीय र सुरक्षित बनाउन कानेपोखरी गाउँपालिका–२ मा निर्माण गरिएको १३२ केभी क्षमताको केरौन...

    • १ दिन अगाडी
    • ३ मिनेट पाठ
  • मह, मौरी र मौरीघार बिक्रीबाट लाखौं आम्दानी

    –ईश्वर थापा धनकुटा: कुनै समय खेतीपातीका लागि उपयोग हुन नसकेर त्यत्तिकै छाडिएका जङ्गलका बीचका चट्टानी भूभाग अहिले धनकुटाका केही किसानका लागि आम्दानीको नयाँ आधार बनेका...

    • २ दिन अगाडी
    • ५ मिनेट पाठ
  • धरान र इटहरीका व्यवसायी फूल किन्न खेतमै पुग्छन्

    सुनसरी : तिहारलाई लक्षित गर्दै बराहक्षेत्र नगरपालिका–६ का किसान अर्जुन विष्टले पाँच कट्ठा जग्गामा सयपत्री फूलको व्यावसायिक खेती गरेका छन् । विगत पाँच वर्षदेखि...

    • ४ दिन अगाडी
    • ३ मिनेट पाठ
  • कोशी ब्यारेजको विकल्पमा ४३ अर्बमा लामो पुल बन्दै

    धरानः कोशी ब्यारेजको विकल्पमा सुनसरीको राजाबासदेखि सप्तरीको कञ्चनपुरसम्म तीन किलोमिटर लामो नयाँ पुल निर्माण गर्ने तयारी तीव्र पारिएको छ । एसियाली विकास बैंक (एडीबी) को...

    • ५ दिन अगाडी
    • ३ मिनेट पाठ
  • कोशी नदीमा सबै मोटरबोट तत्काल सञ्चालन रोक

    धरानः सप्तकोशी नदीमा आवश्यक कानुनी व्यवस्था, दर्ता प्रक्रिया र चालकको अनुमतिपत्रबिनै मोटरबोट सञ्चालन हुँदै आएको पाइएको छ। मोटरबोट सञ्चालनको नियमन, प्राविधिक अवस्था तथा सुरक्षासम्बन्धी विषयमा...

    • ५ दिन अगाडी
    • ४ मिनेट पाठ

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend