Hamro Koshi Aawaj

बिहिबार, कार्तिक १९ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

परिवर्तनका लागि सामाजिक अभियानमा पुनः विष्णु बराल

हाम्रो कोशी आवाज
जेष्ठ २८ २०८०, आइतबार
परिवर्तनका लागि सामाजिक अभियानमा पुनः विष्णु बराल

धरानः परिवर्तनका लागि सामाजिक अभियानको साधारणसभाले विष्णु बराललाई तीन वर्षको कार्यकालका लागि पुनः अध्यक्ष पदमा निर्विरोध निर्वाचित गरेको छ ।
साधारणसभाबाट उपाध्यक्ष भोजराज श्रेष्ठ, सचिव त्रिभुवन बराल, कोषाध्यक्ष वर्षा अग्रवाल र सदस्यहरुमा विदुर थापा, प्रशान्त अग्रवाल, हेमचन्द्र ढकाल, जेनिश शाक्य र निशान नेपाल निर्विरोध निर्वाचित भएका छन् ।
विधानअनुरुप बाँकी २ सदस्य अध्यक्षले मनोनित गर्नेछन् भने सल्लाहकारहरुमा मोहन श्रेष्ठ, बासुदेव बराल र डा. प्रशान्त शाह रहेका छन् । सभामा कोषाध्यक्ष वर्षा अग्रवालले आर्थिक प्रतिवेदन एवम् सचिव बिदुर थापाले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
२०७८ साल भाद्र ७ गते स्थापना भएको यस संस्थाले पाक्षिकरुपमा सामाजिक स्वास्थ्य क्लिनिक कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । डा. प्रशान्त शाहद्वारा स्वास्थ्य परीक्षण गरिने कार्यक्रम धरानका विभिन्न वडाहरु, बराहक्षेत्र, इनरुवा र झापामा समेत आयोजना भएको अभियानका अध्यक्ष बरालले बताए । ‘विशेषगरी मुटु, रक्तचाप र मधुमेह सम्बन्धी स्वास्थ्य जाँच गरिने यो क्लिनिक जेष्ठ बुवाआमाहरुका लागि निकै नै प्रभावकारी रहेको छ’, उनले भने । निःशुल्क सामाजिक स्वास्थ्य क्लिनिकको ३८ औं संस्करण सम्पन्न भइसकेको छ ।
सो साधारणसभाबाट सामाजिक स्वास्थ्य क्लिनिकमा बिरामीहरुलाई फलोअप गर्न सजिलो होस् भन्ने हेतुले मोबाइल एप्स तयारीका लागि सदस्य निशान नेपाललाई जिम्मेवारी समेत तोकिएको छ । अभियानले विशेषगरी सामुदायिक विद्यालयमा अध्ययनरत केही विद्यार्थीहरु छनौट गरी ‘घरको स्कुल’ कार्यक्रममार्फत् निःशुल्क पढाइरहेको छ । यस कार्यक्रमलाई अझ उत्कृष्ट बनाउन त्रिभुवन बराल र राजु फुयाँल सदस्य रहने गरी उपाध्यक्ष भोजराजको संयोजकत्व एक समिति समेत तयार गरेको छ ।
अभियानले स्वास्थ्य र शिक्षा सम्बन्धी कार्यक्रमहरु सँगसँगै विभिन्न प्रकारका प्रशिक्षण, चित्रकला कार्यशाला र पर्यटन प्रवद्र्धनका लागि वृत्तचित्र निर्माण समेत गरेको थियो ।

प्रकाशित मिति: जेष्ठ २८ २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend