Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा नेवार समुदायलाई नेवाः भाषा तालिम

हाम्रो कोशी आवाज
जेष्ठ ३१ २०८०, बुधबार
धरानमा नेवार समुदायलाई नेवाः भाषा तालिम

धरानः ‘भाषा बाँचे जाति बाँच्छ’ भन्ने भनाइलाई चरितार्थ गर्दै नेवार जानीको भाषा जोगाउन नेवाः देय् दवू धरान उपमहानगर समितिले गरेको प्रयास सार्थक भएको प्रमुख अतिथि धरान उपमहानगर पालिकाका उपमेयर अइन्द्रविक्रम बेघाले बताएका छन् ।
एकल जातीय धर्म, भाषा, लिपी र संस्कार संस्कृतिको अन्त्य गर्न र बुहुजातीय मुलक बनाउन सबै जात जातिहरु आफ्नो आफ्नो क्षेत्रबाट लागिपर्नु पर्ने उपमेयर बेघाले धारणा व्यक्त गरेका हुन् ।
नेवाः देय् दवूको आयोजना, धरान उपमहानगरपालिकाको विशेष सहयोगमा, नेवार एकता समाज धरान–११ समितिको व्यवस्थानमा सम्पन्न तालिममा श्रेष्ठ समाज सहयोगीको रुपमा रहेको थियो । कार्यक्रममा नेवाः देय् दवू धरान उपमहानगर समितिका अध्यक्ष मनोहर शाक्यले भाषा र लिपी सँगै संस्कार र संस्कृतिलाई जीवन्त राख्ने कार्यमा खलः पुचहरुसँग सहकार्य गरेर विभिन्न कार्यहरु सञ्चालन गर्दै आएको बताए ।
सोमबार, श्रेष्ठ समाज धरान–११ को सभा हलमा सम्पन्न समापन समारोहमा २५ जना धरानका विभिन्न वडाका सहभागीहरुलाई प्रमाण–पत्र प्रदान गरिएको नेवाः देय् दवू धरान उपमहानगर समितिका महासचिव दीपेन्द्र श्रेष्ठले कार्यक्रम सञ्चालनको क्रममा बताए । कार्यक्रममा सहभागीको तर्फबाट राधिका श्रेष्ठले नेवाः भाषाबाट सम्बोधन र आफ्नो परिचय दिई कार्यक्रम उपलब्धिमूलक भएको बताइन् ।
धरान १० निवासी नेवाः भाषा प्रशिक्षक रामेश्वरी श्रेष्ठलाई तालिममा सहभागी र संस्थाको तर्फबाट मायाको चिनो प्रदान गरे । सहभागीहरुमध्ये उत्कृष्ट सहागीको पुरस्कार देवका श्रेष्ठलाई प्रदान गरिएको थियो । नेवार एकता समाजका केन्द्रीय अध्यक्ष महेश श्रेष्ठले धरानभित्रका नेवार समुदायलाई संगठित गरी जातीय विकासका कार्यक्रमाहरु सँगै खानेपानी, शिक्षा, स्वास्थ्य, रोजगारलगायतका नगर विकासको कार्यमा समेत आफुहरुको महत्वपूर्ण सहभागिता हुने बताए ।
कार्यक्रममा सहभागीहरुलाई स्वागत गर्दै नेवाः देय् दवू सँग सहकार्य गरेर कार्य गर्ने अवशर पाएकोमा नेवार एकता समाज धरान–११ का अध्यक्ष लिला प्रधानले खुशी व्यक्त गरिन् ।
कार्यक्रममा नेवाः देय् दवू धरान उपमहानगर समितिका सल्लाहकार राजेशमान् श्रेष्ठ, दवूका जिल्ला उपाध्यक्ष सुरेन्द्रमान् स्थापित, श्रेष्ठ समाजका अध्यक्ष पदम श्रेष्ठ, नेवाः राष्ट्रिय पत्रकार दवूका जिल्ला अध्यक्ष मोहन श्रेष्ठ, नेपाल खड्गी सेवा समितिका अध्यक्ष मनिष खड्गी, श्रेष्ठ समाज धरान–११ का संस्थापक अध्यक्षल श्याम श्रेष्ठ, नेवाः थपु गुठी धरान–८ का अध्यक्ष लोक बहादुर श्रेष्ठ, नेवाः देय् दवूका नगर कोषाध्यक्ष विमला श्रेष्ठ, नेवाः देय् दवू धरान–१० का अध्यक्ष मनोज श्रेष्ठ, सिद्धि नेवाः परिषद्का सदस्य प्रतिनिधि हरिकृष्ण श्रेष्ठ, नेवार एकता समाजका प्रवक्ता भोला श्रेष्ठ, मिडियाकर्मी रश्मी प्रधानलगायत विधिन्न खलः पुचका प्रतिनिधिहरुको बाक्लो उपस्थिति रहेको थियो ।

 

प्रकाशित मिति: जेष्ठ ३१ २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend