Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

कोशी प्रदेश सरकारको बजेट आजै सार्वजनिक हुने

हाम्रो कोशी आवाज
जेष्ठ ३२ २०८०, बिहिबार
कोशी प्रदेश सरकारको बजेट आजै सार्वजनिक हुने

धरान: कोशी प्रदेशमा अध्यादेशबाट ल्याउने बजेट आजै सार्वजनिक हुने भएको छ । उक्त बजेट प्रदेश प्रमुखले आजै सरकारको सिफारिसमा अध्यादेश जारी गरेका छन् । मुख्यमन्त्री हिक्मतकुमार कार्कीका प्रेस सल्लाहकार महेन्द्र विष्टले दिएको जानकारी अनुसार आज दिउँसो ३ः३० बजे बजेट सार्वजनिक हुने भएको हो ।
उनले आर्थिक मामिला तथा योजना कार्यालयमा सार्वजनिक गरिने बताए ।
कोशी प्रदेश आर्थिक अध्यादेश–२०८० र कोशी प्रदेश विनियोजन अध्यादेश–२०८० जारी भएको हो । प्रदेश प्रमुख परशुराम खापुङले संविधानको धारा २०२ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा अध्यादेश जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यही अध्यादेशअनुसार अल्पमतमा रहेको हिक्मतबहादुर कार्की नेतृत्वको सरकारले बजेट ल्याउन लागेको हो । चलिरहेको बजेट अधिवेशन अन्त्य गरेर सरकारले अध्यादेशबाट बजेट ल्याएको हो ।

प्रकाशित मिति: जेष्ठ ३२ २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend