बाढीले यस्तो अवस्थामा ताप्लेजुङको दोभान बजार ।
ताप्लेजुङ: सिदिङ्वा गाउँपालिका- ६ मेहेलेमा सोमबार बिहान गएको पहिरोमा एकजना बेपत्ता भएका छन् भने दुईजना घाइते भएका छन् ।
पहिरोमा स्थानीय केशरबहादुर राई बेपत्ता भएका हुन् ।
पहिरोमा परी केशरबहादुरका छोरा सुरेश र राजकुमार राई घाइते भएका छन् ।
मेहेलेमै शनिबार राती गएको पहिरोमा परि चार जना बेपत्ता भएकोमा एक जनाको शव फेला परेको छ भने तीन जना अझै बेपत्ता छन् । सो स्थानका अन्य वासिन्दा आफ्नो घर छाडेर अन्यत्र सरेका छन् ।
त्यस क्षेत्रमा शनिबार रातीदेखि परेको वर्षा अझै रोकिएको छैन । मेहेलेमा ६ वटा घर पहिरोले बगाएको छ ।