Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

पहिरोले घर पुरियो, वृद्ध गम्भीर घाइते

हाम्रो कोशी आवाज
असार ५ २०८०, मंगलबार
पहिरोले घर पुरियो, वृद्ध गम्भीर घाइते

धरान: ताप्लेजुङको सिदिङ्वा गाउँपालिका ६ मेहेलेमा मंगलबार पहिरोले एक घर पुरिएको छ। पहिरोले मेहेलेको खुवास्थित तार्छदिप लिङ्देनको घर पुरिएको हो।
उक्त घरमा लिङ्देन एक्लै बस्दै आएक‍ा थिए। पहिरो गएको बेला उनी घरबाहिर रहेका कारण मानवीय क्षति हुन नपाएको स्थानीय राजकुमार कँडेलले जानकारी दिए।
यस्तै, मेहेलेका ७८ वर्षीय वृखबहादुर लिम्बू आज पहिरोमा परी गम्भीर घाइते भएका छन्। बाटोमा हिँड्दै गर्दा माथिबाट आएको पहिरोमा परी उनी घाइते भएका हुन्। उनको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको कँडेलले बताए।
निरन्तरको वर्षासँगै बाढी र पहिरो जाँदा मेहेले, खेवाङ र सुरुम्खीका बासिन्दा घर छाडेर सुरक्षित स्थानतर्फ लागेका छन्। उनीहरू अधिकांश स्थानीय नीलगिरि माध्यमिक विद्यालयमा बस्दै आएका छन्।रासस

प्रकाशित मिति: असार ५ २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend