Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

पूर्वमा बाढी पहिरोको विपत्ति : ७ जनाको मृत्यु, २८ वेपत्ता

हाम्रो कोशी आवाज
असार ६ २०८०, बुधबार
पूर्वमा बाढी पहिरोको विपत्ति : ७ जनाको मृत्यु, २८ वेपत्ता

विराटनगर : कोशी प्रदेशमा शनिबार रातीदेखि परेको अविरल वर्षापछि आएको बाढी र गएको पहिरोमा परी मृत्यु हुनेको संख्या सात पुगेको छ । अझै २८ जना वेपत्ता छन् भने ६ जना घाइतेको उद्धार भएको छ ।
कोशी प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयको तथ्यांक अनुसार खोलाले बगाएर भोजपुर र संखुवासभामा १÷१ जना पुरुषको मृत्यु भएको छ । पहिरोमा परी मृत्यु हुनेमा ५ जना रहेका छन् । जसमा पाँचथरमा १ पुरुष र १ बालिका तथा ताप्लेजुङमा ३ जना पुरुष पहिरोमा पुरिएर मृत्यु भएको छ ।
यस्तै हालसम्म पहिरोले पुरेर वेपत्ता हुनेहरुमा पाँचथरमा ४, ताप्लेजुङमा ३ जना रहेका छन् भने खोलाले बगाएर वेपत्ता हुनेको संख्या २१ जना रहेको छ । जसमा संखुवासभामा १८ पुरुष र ३ जना महिला वेपत्ता भएको सो मन्त्रालयले जनाएको छ ।
सो मन्त्रालयका अनुसार जम्मा १५ वटा पुल क्षतिग्रस्त भएका छन् भने १७ स्थानमा सडक अवरुद्ध बनेको छ । यस्तै ५ वटा हाइड्रोमा क्षति पुग्नुको साटै ५४ घर विस्थापित बनेको सो मन्त्रालयले जनाएको छ ।
यस्तै ३ वटा सवारी साधन बाढीले बगाएको छ भने ३२ वटा भवन तथा घरहरु पूर्णरुपमा क्षतिग्रस्त बनेको प्रदेश सरकारले जनाएको छ । आंशीक रुपमा २२ घरमा क्षति पुगेको छ ।
यस्तै विभिन्न स्थानमा गरी हालसम्म बाढी र पहिरोमा परी ७४ वटा चौपाया तथा ८४ वटा पशु्पंक्षीको मृत्यु भएको छ । हालसम्म पहाडी जिल्लाको ४० रोपनी जग्गा बाढीले बगाइदिएको छ ।

प्रकाशित मिति: असार ६ २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend