Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

कोशीले श्रीलंका टापुमा कटान सुरु

हाम्रो कोशी आवाज
असार ६ २०८०, बुधबार
कोशीले श्रीलंका टापुमा कटान सुरु

विराटनगर: सप्तकोशी नदीमा आएको बाढीले सुनसरी र उदयपुरको बीचमा पर्ने श्रीलंका टापुमा कटान सुरु गरेको छ । सुनसरीको बराहक्षेत्र नगरपालिका–६ को शिबाइ टोल क्षेत्र र उदयपुर जिल्लाको बेलका नगरपालिका–८ को पश्चिमी भागमा पर्ने श्रीलंका टापुमा मंगलबार दिउँसोबाट कटान सुरु गरेको हो ।
बेलका ८ मा अघिल्लो वर्ष कटानमा परेको लाहुरे खोँचभन्दा केहीमाथि पश्चिमतर्फ पनि तीव्र रूपमा कटान भइरहेको बेलका नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष जयकुमार राईले बताए ।
पूर्वी पहाडी जिल्लामा केही दिनदेखि परेको अविरल वर्षा पछि कोशी नदीमा अत्यधिक पानीको बहाव बढेको छ ।
कटान गरेको स्थानबाट बाढी गाउँ पसे बेलका नगरपालिकाको ३ वटा वडाको मानव बस्ती जोखिममा पर्नेछ । बेलकाको वडा नम्बर ८ र ९ अन्तरगत पर्ने सिमलटार र धौरीका साथै वडा नम्बर ३ को दुर्गा बन्दी, मिलन चोक, एबीसी टप्पु, बुधबारे लगायतका गाउँ प्रभावित हुने बेलका नगरपालिकाका प्रमुख अशोक कार्कीले बताए । नदीको कटान रोक्नका लागि तत्काल तार जाली लगाउने योजना बनाइएको उनले बताए ।

प्रकाशित मिति: असार ६ २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend