Hamro Koshi Aawaj

बिहिबार, कार्तिक १९ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानका मेयर साम्पाङले मन्त्री किरातीलाई गफाडी भनेपछि किरातले भने– मेयरसाप, ५० लाख विनियोजन गरेको छु

हाम्रो कोशी आवाज
असार ७ २०८०, बिहिबार
धरानका मेयर साम्पाङले मन्त्री किरातीलाई गफाडी भनेपछि किरातले भने– मेयरसाप, ५० लाख विनियोजन गरेको छु

धरानः धरान उपमहानगरपालिकाका मेयर हर्क सामपाङले आफूलाई गफाडी भनेपछि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले त्यसको जवाफ दिएका छन् ।
बिहीबार सामाजिक सञ्जालमार्फत् मन्त्री किरातीलाई मेयर हर्कले गफाडी भनेपछि सामाजिक सञ्जालमार्फत् नै उनले त्यसको जवाफ दिएका हुन् । हर्कले राखेको स्टाटसको स्किनसटसहित जवाफ दिँदै मन्त्री किरातीले आफूले फुस्रेबाट साँगुरी भन्ज्याङ्ग भेडेटार पदमार्ग निर्माणको लागि ५० लाख बजेट विनियोजन गरेको बताएका छन् ।
आफूले एक करोड पचास लाखको प्रस्ताव पेस गरेको भएपनि बजेट अभावका कारण ५० लाख आएको हुनसक्ने उल्लेख गर्दै उनले हर्कलाई जवाफ दिएका हुन् ।
उनले मेयर साम्पाङले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीलाई गफाडीको संज्ञा दिएका थिए । धरानमा श्रम संस्कृति पद मार्ग निर्माणको वाचा गरेपनि पूरा नगरको उल्लेख गर्दै उनले मन्त्री किरातीलाई गफाडी भनेका हुन् ।
‘सुदन किराती पनि गफाडी रैछन !’ सामाजिक सञ्जालमा मेयर सामपाङ लेख्छन्,’ श्रम संस्कृति पद मार्ग निर्माणको वाचा गरेका थिए पुराएनन ! बोलेको पूरा गर्नु है ! बिरुवा रोप्न चाहिँ आउँदा हुन्छ ! वेल्कम छ! बधाई छ जे होस ! जय पितापूर्खा !’

प्रकाशित मिति: असार ७ २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend