विराटनगर: मोरङको रंगेली नगरपालिका–९ फर्साडाँगीस्थितमा टिपरको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ ।
ना.१ क ७२१८ नम्बरको टिपरले बाटो क्रस गर्दै गरेकी स्थानीय ७० वर्षीया मुस्नी राजवंशीलाई ठक्कर दिँदा घाइते भएकी उनको उपचारको क्रममा न्युरो अस्पताल विराटनगरमा मृत्यु भएको हो । घटनामा संलग्न चालक सर्लाही लालबन्दीका ३५ वर्षीय दिनेश अधिकारी र टिपर नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ ।