Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

मासुको पैसा उठाउन आएकालाई मारेको आरोपमा र्‍यापरसहित तीनजनाविरुद्ध किटानी जाहेरी

हाम्रो कोशी आवाज
असार ८ २०८०, शुक्रबार
मासुको पैसा उठाउन आएकालाई मारेको आरोपमा र्‍यापरसहित तीनजनाविरुद्ध किटानी जाहेरी

धरानः चर्चित र्‍यापर गिरिश खतिवडासहित तीन जनाविरूद्ध हत्या आरोपमा किटानी जाहेरी परेको छ।
मोरङको धनपालथान गाउँपालिका ४ स्थित कर्सिया बजारमा चाँदनी फ्रेस हाउस सञ्चालन गर्दै आएका कासीद अन्सारी गिरिशले संचालन गरेको जि क्याफे एण्ड बिस्त्रोमा पैसा माग्न गएको बेला हत्या गरेको आरोप लगाउँदै उनीहरु विरुद्ध अन्सारीका भाइ मासिद अन्सारी जाहेरी दिएका हुन्।
मासिद अन्सारीले जिल्ला प्रहरी कार्यालय मोरङमा क्याफे सञ्चालक विराटनगर महानगरपालिका ८ मधुमाला निवासी गिरीश खतिवडा, क्याफेमा काम गर्ने जहादा गाउँपालिका ३ का करण राजवंशी र विराटनगर महानगरपालिका १६ बस्ने अनुराग राउतको नाममा किटानीसहित कर्तव्य ज्यान मुद्दामा जाहेरी दिएका हुन् ।
जिल्ला प्रहरी कार्यालयका डिएसपी रन्जन कुमार दाहालले घटनाको पुष्टि गर्दै जाहेरी परेको स्वीकार गरे। ‘जाहेरी परेको छ। पोस्टमार्टमको रिपोर्ट आएको छैन। हामीले थप अनुसन्धान गरिरहेका छौं’, उनले भने।
घटना गत असार ३ गतेको हो। दाहालले हाल अनुसन्धान जारी रहेकाले किटानी जाहेरी परेका तीनै जनालाई पक्राउ नगरिएको र सोधपुछ पनि नगरेको जानकारी दिए।
उनले घटना हेर्दा दुर्घटना देखिएको र पोस्टमार्टम रिपोर्टपछि थप अनुसन्धान हुने र आवश्यक देखिएमा सोधपुछका लागि बोलाइने बताएका छन्।
क्याफेका सञ्चालक र्‍यापर गिरिश खतिवडा भने घटना भएकै दिन काठमाडौं गएको बताइएको छ।

प्रकाशित मिति: असार ८ २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend