Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

पहिरोमा परी एकैघरका चारजनाको मृत्यु, अन्यले भागेर ज्यान जोगाए

हाम्रो कोशी आवाज
असार ८ २०८०, शुक्रबार
पहिरोमा परी एकैघरका चारजनाको मृत्यु, अन्यले भागेर ज्यान जोगाए

ओखलढुंगा: ओखलढुङ्गामा पहिरोमा जाँदा चारजनाको मृत्यु भएको छ । चम्पादेवी गाउँपालिका– ८ मा गए राति पहिरो जाँदा एकै घरका चारजनाको मृत्यु भएको हो । पहिरोले २५ वटा भन्दा बढी घर बगाएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार सो गाउँपालिका गुरुङ बस्तीका बिहीबार राति ११–१२ बजेको आसपासमा पहिरो गएको थियो, जुन पहिरोमा परी एकै घरका चारजनाको मृत्यु भएको हो ।
यसरी मृत्यु हुनेमा ३६ वर्षीय रणबहादुर गुरुङ, उनकी श्रीमती २९ वर्षीया शिवमाया, छोरा १० वर्षीय दिनेश र छोरी डेढ वर्षीया कविताको मृत्यु भएको वडाध्यक्ष खड्ग बरालले जानकारी दिए। करिब दुई सय घरधुरी रहेको बस्तीमा पहिरो गएको उनले बताए। पहिरोबाट अरू घर पनि जोखिममा रहेको उनले बताए । पहिरो गएलगत्तै बस्तीका अन्यले भागेर ज्यान जाेगाएको उनले जानकारी दिए । २०७२ सालको भूकम्पका कारण बस्तीमाथिको डाँडोमा धाँजा फाटेका कारण जोखिम रहेको गाउँपालिकाका अध्यक्ष नवराज केसीले बताए। करिब १५० घरधुरी रहेको बस्ती स्थानान्तरण गर्न आवश्यक रहेको उनको भनाइ छ ।
सो घटनाबारे जानकारी पाएलगत्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दा घटनास्थल पुगेर उद्धार सुरु गरेका थिए ।

प्रकाशित मिति: असार ८ २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend