Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

सदरमुकाम जोड्ने सभाखोला पुल खतरामा

हाम्रो कोशी आवाज
असार ९ २०८०, शनिबार
सदरमुकाम जोड्ने सभाखोला पुल खतरामा

धरानः एकसाता अघि गएको बाढीले संखुवासभा सदरमुकाम खाँदबारी जोड्ने सभाखोलाको पुल खतरामा परेको छ । सभाखोलाको दायाँबायाँ दुई किलोमिटरसम्म ३० मिटर बालुवा थुप्रिएपछि पुल खतरामा परेको हो । पुलभन्दा ३० मिटर गहिराइमा रहेको सभाखोला अहिले पाँच फिट तलबाट बग्न सुरु गरेको छ ।
पुलमा खतरा बढेपछि सडक डिभिजन कार्यालय तुम्लिङटारले बालुवा झिकेर खोला फर्काउने प्रयास गरिरहेको संखुवासभाका प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले जानकारी दिए ।
असार २ गते हेवा खोलामा आएको बाढीले बालुवा थुपारेपछि पुल भत्कने अवस्थामा हो । बाढी आएको हेवाखोला सभाखोलामा आएर मिसिन्छ । बाढीले छ मेगावाटको निर्माणाधिन सुपरहेँवा हाइड्रोपावरका १८ मजदुर बेपत्ता पारेको थियो । ती मजदुरको अवस्था अझै अज्ञात छ ।

प्रकाशित मिति: असार ९ २०८०, शनिबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend