Hamro Koshi Aawaj

सोमबार, असोज ५ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानेले भेटे प्रधानमन्त्री, बीपी प्रतिष्ठानलाई पूर्ण विश्वविद्यालय बनाउन माग

हाम्रो कोशी आवाज
असार ९ २०८०, शनिबार
धरानेले भेटे प्रधानमन्त्री, बीपी प्रतिष्ठानलाई पूर्ण विश्वविद्यालय बनाउन माग

धरानः नेपाल सरकारले ल्याउन लागेको ल्याउन नेपाल स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयकको मस्यौदा अन्तर्गत दुई स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई नराख्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिबद्धता व्यक्त गरेका छन् ।
बीपी प्रतिष्ठान बचाउ संघर्ष समितिको शनिबार ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री दाहालले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र पाटनस्वास्थ्य विज्ञान प्रतिष्ठानलाई छाता ऐनबाट हटाएर स्वयत्त नै राख्ने प्रतिवद्धता जनाएका छन् ।
संघर्ष समितिको भेटेमा प्रतिष्ठानका कुलपतिसमेत रहेका प्रधानमन्त्री दाहालले बीपी प्रतिष्ठान विशिष्ट प्रकारको स्वायत्त संस्था भएको उल्लेख गर्दै यसको स्वायत्तता खोसिने खालका कुनै ऐन नआउने विश्वास समेत दिलाएका थिए । उनले प्रतिष्ठान देशकै गहना भएको भन्दै यसलाई जोगाइराख्नु सरकारको दायित्व भएकोले सरकारले आफ्नो दायित्व पूरा गर्ने बताए । प्रधानमन्त्री दाहालले संघर्ष समितिले राखेका मागप्रति आफू सकारात्मक रहेको समेत बताएका थिए ।
प्रधानमन्त्रीसँगको भेटमा संघर्ष समितिका संयोजक मुक्सामहाङ मेन्याङबोले प्रतिष्ठानको स्वायत्तता कायम राख्दै प्रतिष्ठानलाई चिकित्सिा विश्वविद्यालय बनाउन प्रधानमन्त्रीलाई आग्रह समेत गरेका थिए । पूर्वमन्त्री तथा सुनसरी क्षेत्र नम्बर चारका संघीय संसद ज्ञानेन्द्रबहादुर कार्की, धरानमा पूर्व मेयरहरु मनोज मेन्याङबो, तिलक राई सहित प्रधानमन्त्री कार्यालय पुगेको टोलीले पूर्व प्रधानमन्त्री माधवकुमार नेपालको उपस्थितिमा प्रधानमन्त्रीलाई उनको निवास वालुवाटर पुगेर ज्ञापन पत्र बुझाएको थियो । समितिले स्वास्थ्य सेवालाई समयानुकुल अझ लोककल्याणकारी, पारदर्शी, लोकतान्त्रिक र जिम्मेवार बनाइँदै विकेन्द्रिकृत बनाइनुपर्ने, चिकित्सा शिक्षा आयोगको स्थापनासँगै प्रतिष्ठानको स्वायत्ततामा लगाइएको अंकुश हटाई पूर्ण विश्वविद्यालय बनाउनुपर्ने माग राखिएको छ ।
छाता ऐनभित्र जान विल्कुल असहमत जाहेर गर्दै समितिले प्रधानमन्त्रीलाई बुझाएको ज्ञापन पत्रमा भनिएको छ– हाम्रो प्रतिष्ठान, जो अहिले नै विश्वविद्यालयको स्वरुप, आकार, हैसियत र प्रतिष्ठामा स्थापित छ, यसलाई छाता ऐनले प्रस्ताव गरेजस्तो एकजना डीनको अधिनस्थ ‘अध्ययन संस्थान’ होइन यसलाई छुट्टै विश्वविद्यालय ऐन जारी गरी पूर्ण विश्वविद्यालय मनाउन जोडदार माग गर्दछौ ।’ प्रतिष्ठानको स्वायत्तता खोजेर एकीकृत ऐनमार्फत आंगिक कलेज बनाउन लागेको भन्दै धरानका राजनीतिक दल सामाजिक संघसंस्था तथा नागरिक अगुवाहरु अहिले काठमाडौमा पुगेका हुन् ।

प्रकाशित मिति: असार ९ २०८०, शनिबार

प्रतिक्रिया दिनुहोस्

  • धरानमा ‘खसी कप’

    धरानः ४० प्लस भेट्रान धरानको आयोजनामा धरान–१४ स्थित पिण्डेश्वर खेल मैदानमा जारी ‘खसी कप भेट्रान फुटबल प्रतियोगिता–२०८३’ आयोजना भएको छ । शनिबार आयोजित फाइनल खेल...

    • १ दिन अगाडी
    • ४ मिनेट पाठ
  • नेपालमा भीषण वर्षाको सम्भावना

    धरानः असोज ८ देखि ११ गतेसम्म भीषण वर्षाको सम्भावना रहेको मौसमविद्ले जनाएका छन् । बंगालको खाडीमा विकसित ‘अर्नब’ नामक चक्रवात र यही समय बिकसित अन्य...

    • १ दिन अगाडी
    • १ मिनेट पाठ
  • धरान आउँदै गरेको सुमो जीप दुर्घटनामा, एकजनाको मृत्यु (मृतक र घाइतेको नामावलीसहित)

    धरानः धरान आउँदै गरेको सुमो जीप दुर्घटनामा एकजनाको मृत्यु भएको छ । धनकुटाको ताङखुवाबाट धरान आउँदै गरेको को१ज २४९४ नम्बरको जीप धनकुटाको छथर जोरपाटी गाउँपालिका–३...

    • १ दिन अगाडी
    • २ मिनेट पाठ
  • धरानको एम्स एकेडेमीमा विद्यार्थीको स्वागत

    धरानः धरानको एम्स एकेडेमीद्वारा (+२), धरान–१२ ले कक्षा ११ मा अध्ययन गर्न आएका नवआगन्तुक विद्यार्थीलाई स्वागत गरेको छ । शनिबार धरान–१५ स्थित सदन सभा हलमा...

    • १ दिन अगाडी
    • २ मिनेट पाठ
  • पाँचदिन पूर्वदेखि पश्चिमसम्म भारी वर्षा हुन लागेको हो ?

    धरानः यही असोज ८ गते अर्थात् आउँदो बिहीबारदेखि पाँच दिन नेपालमा ठूलो वर्षा हुने भन्दै सामाजिक सञ्जालमा व्यापक चर्चा भइरहेको छ । जल तथा मौसमविद्...

    • २ दिन अगाडी
    • ३ मिनेट पाठ
  • दौडिए दुई हजार बढी

    धरानः जीवन विज्ञान यूथको आयोजनामा ‘आरोग्यका लागि दौड, समाजका लागि योगदान’ भन्ने मूल भावका साथ आयोजित ५ किलोमिटर र १० किलोमिटर दौड कार्यक्रम दुई...

    • २ दिन अगाडी
    • २ मिनेट पाठ

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend