बिर्तामोडः झापाको हल्दिबारी गाउँपालिका–२ स्थित चिया बगानमा जंगली हात्तीको आक्रमणबाट एकजनाको मृत्यु भएको छ ।
भद्रपुर नगरपालिका–७ बस्ने ५३ वर्षीय गिरेन कर्मकारलाई मंगलवार बिहान महेन्द्र पोखरेलको चिया बगानमा जंगली च्याउ टिप्ने क्रममा हात्तीले कुल्चेर मारेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्र रिजालले बताए ।