Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

विषालु च्याउ खाँदा श्रीमतीको मृत्यु, श्रीमान सिकिस्त

हाम्रो कोशी आवाज
असार १५ २०८०, शुक्रबार
विषालु च्याउ खाँदा श्रीमतीको मृत्यु, श्रीमान सिकिस्त

ओखलढुंगा: विषालु च्याउ खाँदा ओखलढुंगामा एक जनाको ज्यान गएको छ । बारीमा पलाएको च्याउ खाँदा चिसंखुगढी गाउँपालिका– ७ डाँडागाउँकी २४ वर्षीया कल्पना शर्माको ज्यान गएको हो ।
कल्पनाका श्रीमान पर्शुराम खतिवडा सिकिस्त बिरामी छन् । असार ७ गते बारीमा पलाएको च्याउ पकाएर खाँदा श्रीमान–श्रीमती नै बिरामी परेका थिए । जंगली च्याउ खाएर गम्भीर बिरामी परेका दम्पतीलाई जिल्लामा उपचार सम्भव नभएपछि काठमाडौंको टिचिङ अस्पताल लगिएको थियो ।
टिचिङ अस्पतालमा उपचाररत श्रीमती शर्माको बिहीबार राति मृत्यु भएको र श्रीमान् पर्शुराम खतिवडाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए ।
जिल्लामा वर्षाको समयमा च्याउ जताततै उम्रिने गरेको छ । खेतबारी र जंगलमा उम्रिने विभिन्न प्रकारको च्याउमध्ये विषालु च्याउ छुट्याउन नसक्दा त्यस्तो च्याउ खाएकै कारण बिरामी पर्ने र मृत्यु समेत हुने गरेको छ । गत वर्ष जिल्लाको चम्पादेवीमा दुई जनाको जंगली च्याउ सेवनकै कारण मृत्यु भएको थियो ।

प्रकाशित मिति: असार १५ २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend