Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

पूजा गर्न फूल टिप्न गएकी महिलाको सडकमै कुल्चिएर ज्यान लियो

हाम्रो कोशी आवाज
असार १८ २०८०, सोमबार
पूजा गर्न फूल टिप्न गएकी महिलाको सडकमै कुल्चिएर ज्यान लियो

झापा: मेचीनगर नगरपालिका–१० मा आज बिहान जंगली हात्तीले कुल्चेर वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा ८० वर्षीया पन्नादेवी साह रहेको वडा नम्बर १० का वडाध्यक्ष नारायण खनालले बताए ।
पूजा गर्न फूल टिप्न जाने क्रममा आज बिहान साहलाई सडकमा हात्तीले कुल्चिएको थियो । सिलगुढी निवासी उनी एक वर्षअघिदेखि छोरीको घरमा बस्दै आएकी थिइन् ।
झापामा ६ दिनअघि मात्र जंगली च्याउ टिप्ने क्रममा हल्दिबारी गाउँपालिका–२ मा ५३ वर्षीय गिरेन कर्मकारलाई जंगली हात्तीले कुल्चिँदा उनको मृत्यु भएको थियो । डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राईले चालु आर्थिक वर्षमा मात्र जिल्लामा हात्तीको आक्रमणबाट आठ जनाको ज्यान गएको जानकारी दिए । रासस

प्रकाशित मिति: असार १८ २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend