Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

सुनसरीमा सवारी साधनको ठक्करबाट महिलाको मृत्यु

हाम्रो कोशी आवाज
असार २४ २०८०, आइतबार
सुनसरीमा सवारी साधनको ठक्करबाट महिलाको मृत्यु

धरानः सुनसरीको रामधुनी नगरपालिका–१ मा आज सवारीसाधनको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।
बिहान अन्दाजी ३६ वर्षीया महिलालाई नम्बर खुल्न नसकेको सवारीसाधनले ठक्कर दिएको प्रहरीले जानकारी दिएको छ ।
दुर्घटना पश्चात सवारीसाधनसहित फरार रहेका चालकको खोजी भइरहेको इलाका प्रहरी कार्यालय पकलीले जनाएको छ ।
शवलाई पोष्टमार्टमको लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ । मृतकको सनाखत हुन बाँकी रहेको छ ।

प्रकाशित मिति: असार २४ २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend