Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

घाँसको भारीले थिचेर मृत्यु

हाम्रो कोशी आवाज
असार २५ २०८०, सोमबार
घाँसको भारीले थिचेर मृत्यु

मोरङ :मोरङको केराबारीमा सोमबार बिहान घाँसको भारीले थिचेर एक जनाको मृत्यु भएको छ ।
केराबारी गाउँपालिका ९ देवीझोडाका ५६ वर्षीय गणेशप्रसाद सुवेदीको मृत्यु भएको हो ।
प्रहरीका अनुसार आफ्नै खेतमा घाँस काटेर फर्किने क्रममा बिहान घाँसको भारीले थिचेर बेहोस भएको अवस्थामा सुवेदीलाई फेला पारिएको थियो ।्
चिप्लिएर लडेपछि उठ्न नसक्दा उनलाई भारीले थिचेको हुनसक्ने अनुमान प्रहरीको छ । स्थानीयले उद्दार गरेर बेहोस अवस्थामा उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पताल ल्याएका थिए ।
अस्पताल ल्याउनसाथ चिकित्सकले मृत घोषित गरेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: असार २५ २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend