Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

सोलुखुम्बुमा हेलिकप्टर दुर्घटना: चालकसहित ६ जनाकै मृत्यु, मेक्सिकोबाट नेपाल घुम्न आएका आमाबुवासहित तीनजना छोराछोरी अस्ताए

हाम्रो कोशी आवाज
असार २६ २०८०, मंगलबार
सोलुखुम्बुमा हेलिकप्टर दुर्घटना: चालकसहित ६ जनाकै मृत्यु, मेक्सिकोबाट नेपाल घुम्न आएका आमाबुवासहित तीनजना छोराछोरी अस्ताए

सोलुखुम्बु: मनाङ एअरको हेलिकप्टर दुर्घटना हुँदा चालकसहित ६ जनाको मृत्यु भएको छ ।
मंगलबार बिहान सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एअरको हेलिकप्टर सोलुदूधकुण्ड नगरपालिका वडा नम्बर २ र लिखुपिके गाउँपालिका—५ को सीमा लाम्जुरा क्षेत्रमा दुर्घटना हुँदा क्याप्टेन चेतबहादुर ९सीबी० गुरुङ र ५ जना मेक्सिकन यात्रुको मृत्यु भएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।
मृत्यु हुने यात्रुमा सिफुएन्टेस जी फर्नाडो, रिंकोन इस्माइन, सिफुएन्टेस जी मारिया होजे, गोन्जालेज ओलासियो लुज र गोन्जालेस एब्रिक रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रमुख डीएसपी दीपक श्रेष्ठले जानकारी दिए । दुर्घटनाको कारण खुलेको छैन । नेपालका लागि मेक्सिकोका मानार्थ महावाणिज्यदूत नरेश दुगडका प्रतिनिधि चिरञ्जीवी भट्टराईका अनुसार दुर्घटनामा मृत्यु हुनेमा फर्नान्डो सिफुग्नेट्स, रिनकन इसमाइल, एबरिका गोन्जालेक्स, ओलासियो गोन्जालेज र मारिया होजे सिफुन्तेस छन्। उनीहरूमध्ये दुई जना आमा-बुवा र तीन जना छोराछोरी हुन्।
अध्यागमन विभागका अनुसार उनीहरू १५ दिनको भिजिट भिसा लिएर नेपाल आएका थिए। उनीहरू हिजै लुक्लाबाट माउन्टेन फ्लाइट गरेर काठमाडौं फर्किने योजनामा थिए।
‘हिजो मौसमले साथ नदिएर आज मात्रै काठमाडौं आउन लाग्नुभएको थियो। बाटैमा दुर्घटना भयो,’ भट्टराईले भने। मेक्सिकनहरू बुधबार दिल्ली फर्किने योजनामा थिए।

प्रकाशित मिति: असार २६ २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend